
सि.टा. समाचरादाता
सिमकोट। अति शिघ्र कुपोषण भएर जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका बालबालिकाहरु घर फिर्ता गरिएको छ । प्रतिष्ठानको पोषण पूनःस्थाना केन्द्रमा उपचार गर्दा पोषणमा निक्कै राम्रो सुधार आएपछि ती बालबालिकाहरुलाई घर फिर्ता ल्याईएको हो ।
अति कुपोषित देखिएका एघार जना शिशुसंगै दश जना आमालाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाईएकोमा तीन महिना लामो उपचार तथा स्याहार पछि पोषणमा निक्कै राम्रो सुधार आउदा घर फिर्ता ल्याईएको कुपोषित आफ्नो शिशुसंगै जुम्ला जानु भएकी ताँजाकोट गाउँपालिका– १ की आमा पविता कार्कीले बताईन । अति शिघ्र कुपोषण देखिएका एक जोडी जुम्ल्याहा बालबालिका सहित एघारै जनाको पोषणमा राम्रो सुधार भएपनि सवै बालबालिका घर फिर्ता भएका हुन ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पोषण पूनःस्थापना केन्द्र निक्कै ब्यवस्थित र स्याहारका लागि राम्रो भएको कारण छ महिनाका लागि हुम्ला जिल्लाबाट लगिएको कुपोषित बालबालिका समय अगाडी नै आफ्नो पोषणमा राम्रो सुधार आएपछि फिर्ता ल्याईएका हुन ।
पोषित बालबालिका कै स्तरमा पुगेपछि तीन महिना मै घर फिर्ता भएको उहाँले बताउनुभयो । ती बालबालिका र दश जना आमाहरु गत बैशाख १८ गते हुम्लाबाट जुम्ला लगिएका थिए । छ महिनाका लागि पोषण पूनःस्थापना केन्द्रमा राख्ने भनिएको भएपनि अगाडी नै घर फिर्ता भएका हुन ।
आफुना बालबालिका कुपोषित भएर जुम्ला जाँदा निक्कै दुखी आमाहरु सन्चो भएर घर फिर्ता ल्याउन पाउदा निक्कै खुसी देखिएको भएको छ । शिशुको उपचार तथा स्वाहार केन्द्रमा निशुल्क ब्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । सवै बालबालिकाको अवस्था निक्कै नाजुक रहेको अवस्थामा लगिएमा उपचार र स्याहार गर्न सफल भएको प्रतिषठनले जनाएको छ । यसरी कुपोषित बालबालिका हुम्लाबाट जुम्ला पहिलो पटक जानु भएको हो ।
शिशु सहित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको पोषण पूनःस्थापना केन्द्रमा उपचार तथा स्याहार पछि घर फिर्ता हुने आमाहरुमा ताँजाकोट गाउँपालिका– १ की पबिता कार्की, सुन्तली रिठाल र जुना कार्की, वडा नम्बर २ की मौसमी चदरा र बसन्ती कटुवाल, वडा नम्बर ३ की मिठा नेपाली, प्रेमकला नेपाली र बाँचु नेपाली रहेकी छन् । त्यसैगरि वडा नम्बर ४ बाट कबिता नेपाली र वडा नम्बर ५ बाट ललिता रोकाया पनि शिशु सहित घर फिताभएकी हुन ।
जुम्ला पठाईएका एघार जना शिशु मध्य मौसमी चदराका जुम्ल्याहा शिशु थिए । ताँजाकोट गाउपालिका–१ देखि ५ सम्मका सबै टोल बस्तीहरुमा गत मंङ्सीर महिनामा पोषण लेखाजोखा गर्दा पाँच बर्ष मुनिका ती बालबालिकाहरुमा अति शिघ्र कुपोषण देखिएको थियो ।
त्यसपछि गाउँपालिककाको समन्वयमा थप उपचार तथा स्याहारका लागि प्रतिष्ठान जुम्लामा पठाईएको थियो । यसअघि यी शिशुको गाउँपालिकाभर पोषण लेखाजोखा वस्ती वस्तीमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविका पुगेर कुपोषण पत्ता लगाउने कार्य भएको थियो ।























