दशौं राष्ट्रिय प्रतियोगिताका लागि कर्णाली प्रदेशका दश जिल्लामा लेखाडी छानौट सुरु

फोटो क्याप्सन : बुधबार हुम्ला जिल्लामा महिला भलिवल प्रतिगोगिता खेल्दै खेलाडीरु ।

सि.टा. समाचारदाता
सिमकाेट ।       आगामी मंङसीर महिनामा सञ्चालन हुन गई रहेको दशौ राष्ट्रिय प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट खेलाडी छनौट कार्य सुरु भएको छ । एउटा जिल्लामा एक देखि सात वटा खेलहरु सञ्चालन भई रहेका हुन ।

असोज २८ गते बुधबार हुम्ला जिल्लामा महिला भलिवल खेलाडी छनौट प्रतियोगिता सुरु भएको् छ भने हक्की लेख असोज २९ गते हुने कर्णाली खेलकुद परिषदका सदस्य एवं प्रतियोगिताका संयोजक गोर्ख बहादुर शाहीले बताए ।

परिषदले सवै जिल्लाको समान अवसर दिलाउनका लागि कम्तीमा एउटा खेलाडी छनौट प्रतियोगिता सञ्चालन गर्ने निर्णय अनुसार दशै वटै जिल्लामा यो प्रतियोगिता आयोवजना गरिएको हो ।

परिषदका अनुसार पुरुष भलिवल कालीकोट र महिला भलिवल हुम्ला, चेस डोल्पा, फुकन्ट्याक्ट करोते दैलेख, उसु सुर्खेत, हक्की हुम्ला, खो खो जाजारकोट, ब्याट्मिन्टन, फुटबल, कक्सिङ, एथलेष्टिक, क्रिकेट र आईटिएफ तेकन्दो सुर्खेत जिल्लामा सुरु भएका छन ।

त्यसैगरि करोते दैलेख, तेकन्दो जुम्ला, टेवलटेनिस सल्यान, कवड्डी पुरुष मुगु महिला रुकुम पश्चिम र ह्याण्डबल दैलेख जिल्लामा सञ्चालन भई रहेका छन ।

यता टेनिस, सुटिङ, जिम्न्याष्टि, स्क्वास, बास्केट बल, पौडी,रग्वी, कुस्ती, जुडो, सेपाकताको, साईक्लिङ, भारोतोलन, ई स्पोर्टस, आर्चरी र शारिरिक सुगठन छनौड प्रतियोगिताहरु अर्को सुचना परिषदले प्रकाशन गरेर प्रतियोगिताको मिति र स्थान छनौट गर्ने छ ।

हुम्ला जिल्लामा भएको महिला भलिवल प्रतियोगिताको उद्घाटन समारोहमा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, कर्णाली प्रदेश भलिवल सङ्घ महासचिव लेमराज केसी, सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकाया लगाएतको उपस्थिती रहेको थियो । प्रतियोगिता दश वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ ।