सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा नयाँ प्रजातिको फुजी स्याउका बोटबाट यसवर्ष उत्पादन बृद्धि भएको छ दुई वटा स्याउ वगैचामा लगाएको फुजी स्याउको बोटमा उत्पान बृद्धि भएको हो ।
सिमकोट गाउँपालिका– ५ को सिम क्षेत्र र नाम्खा गाउँपालिका– १ को हेक्पा खोलामा लगाएको फुजी स्याउको वगैचामा साँढे आठ मेट्रिकटन उत्पादन भएको कृषि बिकास कार्यलयका प्रमुख चुडामणी पन्तले बताए । जस मध्य हेक्पाखोलाको स्याउ वगैचामा उत्पादन भएको सात मेट्रिकटन स्याउ बोटबाट टिपेर बिक्री भई सकेको छ ।
बिक्री भएको फुजी स्याउको वगैचा मै किसानले प्रतिकेजी १८० रुपियाँमा बिक्री गरेर बाह्र लाख साठी हजार रुपियाँ आम्दानी गरेको उनको भनाई छ । सो वगैचामा चार हजार फुजी स्याउका वोट लगाईएकोमा तीन हजार भन्दा बढी बोटले फल दिन थालेका छन् ।
सिमकोट गाउँपालिकाको सिम क्षेत्रमा लगाएको उक्त स्याउसाँढे एक मेट्रिकटन स्याउ उत्पादन भएको छ । सो वगैचा दुई सय बोट लगाईएको छ । उक्त वगैचामा लगाएका अधिकाँस बोटले फल दिन थालि सकेका छन् । गतवर्ष पहिलो पटक फुजी स्याउको बोटमा फल लाग्न सुरु भएको थियो । त्यतिबेला दुईदेखि तीन केजीसम्म स्याउ फलेको थियो ।
यसवर्ष उत्पादन पनि बढी भएको उहाँले बताउनुभयो । दुई देखि तीन हजार मिटरको उचाईमा फुजी स्याउ राम्रो उत्पादन हुने बताउदै भरखर भएर भएको यसवर्ष एउटै बोटबाट बाह्रदेखि चौध केजी स्याउ उत्पादन भएको छ ।
अझै राम्रो फल दिन थालेपछि फुजी स्याउका बोटले चालीस केजीसम्म फल्ने संभावना रहन्छ । सदरमुकाम सिमकोटसम्मको उचाईमा फुजी स्याउ खेतीको संभावना राम्रो रहेको उनको भनाई भनाई छ ।








