सि.टा. समाचारदाता
सिमकोट । आगामी मङ्सीर महिनामा कर्णाली प्रदेशमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कर्णाली प्रदेशबाट सहभागी हक्की खेलाडी छनौट भएका छन ।
बिहीबार र शुक्रबार हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा आयोजना गरिएको बन्द सत्रबाट महिला र पुरुष दुदै टिमका हक्की खेलाडीहरु छनौट भएका हुन ।
दुई दिन सञ्चालन भएको बन्द सत्रबाट महिला र पुरुषका अठार अठार जना हक्की खेलाडी छनौट कार्य भएको हक्की संघ हुम्लाका अध्यक्ष रामजन रावतले बताए ।
बन्द सत्रमा केही बढी खेलाडीको सहभागिता रहेको भएपनि अन्तिममा महिला पुरुष खेलका लागि अठार अठार जना छनौट भएका हुन । कर्णाली प्रदेश खेलकुद परिषदले हक्की लेखको छनौट खेल हुम्ला जिल्लामा आयोजना गर्ने निर्णय गरे अनुसार भएको हो ।
हक्की खेलमा हुम्ला जिल्लाका मात्र खेलाडीहरुको सहभागिता रहेको छ । प्रदेशका अन्य नौ जिल्लाबाट खेलाडीको सहभागिता रहेको थिएन । संङ्घले खेलाडीहरुको नाम भने दशै र बिहारको बिचमा सार्वजनिक गरिने जनाएको छ ।









