हुम्ला फुटबल ऐकेडमीद्धारा विद्यालयलाई सहयोग

हुम्ला फुटबल ऐकेडमीद्धारा विद्यालयलाई सहयोग

सि.टा. समाचारदाता
सिमकोट । हुम्ला फुटबल ऐकेटेमीले विद्यालयलाई फुटबल सहयोग गरेको छ । विद्यालयस्तरबाटै फुटबलको बिकासमा सहयोग पुर्याउनका लागि ऐकेडेमीले फुटबल सहयोग गरेको हो ।

सिमकोट गाउँपालिका– ८ को बलभद्र आधिारभुत विद्यालयलाई पाँच वटा फुटबल सहयोग गरिएको ऐकेडेमीका अध्यक्ष बिष्णु रावतले बताए । सहयोग सानै भएपनि यो सहयोगले विद्यालयस्तरबाटै फुटबलको बिकासमा सहयोग पुग्ने बिस्वास उनले ब्यक्त गरे ।

ऐकेडेमीले सहयोग गरिएका ती वलहरु बिहीबार विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालय परिवारले फुटबल सहयोग गर्ने हुम्ला फुटबल ऐकेडेमीलाई धन्यवाद समेत दिएको छ । यता हालै लेकधिंगामा सम्पन्न भएका हाईअल्टीच्यूट फुटबल प्रतियोगिताको बिजेता स्याँडा युवा क्लवलाई पाँच थान र द्धितीया भएको खगालगाउँको टिमलाई तीन थान फुटबल पनि ऐकेडमीले प्रदान गरेको छ ।