घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

  • सि.टा.समाचारदाता

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मगंलबार प्रतितोला रु एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार चार सय निर्धारण भएको छ।  यस्तै, चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ। मगंलबार प्रतितोला रु एक हजार नौ सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ९० निर्धारण भएको छ।