साउने पुर्णिमा मेला शान्तिपुर्ण मनाउन दुई गाउँपालिकाको सम्युक्त बैठक

फोटो क्याप्सन मेला ब्यवस्थित गर्न वसेको वैठकका सहभागीहरु ।

सि. टा . समाचारदाता

सिमकाेट    । हुम्लाको चर्चित साउने पुर्णिमा मेला ( जनै पुर्णिमा ) मनाउनका लागि जिल्लाका दक्षिणी क्षेत्रका दुई गाउँपालिका बिच सम्युक्त बैठक सम्पन्न भएको छ । मेला शान्तिपुर्ण रुपमा मनाउनका लागि सवै पक्षको सहभागितामा सो बैठक वसेको हो ।

हुम्ला जिल्ला कै महत्वपुर्ण मेलाका रुपमा रहेको साउने पुर्णिमा शान्तिपुर्ण र हर्सोल्लासका साथ मनाउनका लागि बिशेष गरि ताँजाकोट र अदानचुली गाउँपालिकाका सरोकारवाला पक्ष मिलेर सम्युक्त बैठक वसेको ताँजाकोट गाउँपालिका नेकपा अध्यक्ष मदन परियारले बताए ।

सो मेलामा सधै झै झगडा र विवाद हुने भएकोले अग्रीम रुपमा सर्तकता अपनाउनका लागि सम्युक्त वैठक वसेको हो । वैठकले मेला शान्त, संयम र सौहार्दपुर्वक रुपमा मनाउने निर्णय भएको छ ।

यसका लागि सुरक्षा ब्यवस्था कडा पारिने छ । साउने पूर्णिमा मेलाको सफल बनाउनु अदानचुली गाउँपािलका – ५ र ताजाकोट गाउँपालिका – ५ विच सर्वपक्षीय वैठक वसेको हो ।

सर्वपक्षीय बैठक झाडमाडु खौलामा सम्पन्न भएको हो । मेला भदौ १२ गते लाग्नेछ । वैठकमा जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी, समाजसेवी , पुजारी लगाएतको उपस्थिती रहेको थियो ।