
तस्बिर : राजन रावत , हुम्ला
सि.टा. समाचारदाता
सिमकोट ।चाँदनी रावतले उतिबेला नशोचेको भए अहिले संगैका साथीसंगी जस्तै घरको कुटो कोदालो र डोरी समातेर घाँस दाउरा मात्र बोक्नु पर्ने हुन्थ्यो । तर २०५९ सालको कुरो हो । चाँदनीले १५ वर्षको उमेरमा युनिसेफ नेपालको आर्थिक सहयोगमा सञ्चालीत अनौपचारिक शिक्षाको साक्षरता कक्षा अन्र्तगतको ( बाल शिक्षा ) दश महिने कोर्षको पहिलो तह अध्ययन गर्ने अवसर प्राप्त गरेपछि त्यसमा उतिर्ण भई दोस्रो तहमा भर्ना हुन सफल भएकी थिईन । सो तह पनि उर्तिण गरेपछि चाँदनीलाई औपचारिक शिक्षा अध्ययन गर्ने बाटो खुलेको थियो । त्यसपछि चाँदनीले गाउँकै बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा चारमा भर्ना गरि अध्ययन गर्न थालेपछि २०६९ सालमा विद्यालय शिक्षा एसएलसी दिएर पुरकमा पर्दै उर्तिण हुन सफल भएकी थिईन । एसएसी परिक्षा उतिर्ण भए लगत्त थालेकी हुन । त्यसपछि भने लामो समय पढाईलाई रोकेर कक्षा एघार हाल अध्ययन गरि रहेकी छन् । यसमा चाँदनी मात्र नभएर उनकै अन्य दुई जना साथीहरु पनि विद्यालय शिक्षा पुरा गरेर जागिरे जीवन बिताई रहेका छन् । यसमा जया रोकाया र सविता रावत रहेकी छन् । जसमा रोकाया हाल स्वास्थ्य सेवा कार्यालयमा सहयोगीका रुपमा काम गर्दै आएकी छन् भने रावत मास्टर पुरा गरेर लोकसेवाको तयारी गरि रहेकी छन् ।
पढाईमा आमा बुवाको सहयोग र आफ्नो चाहानाले गर्दा चाँदनीको जीवनको घोरेटो नै हाल परिवर्तन हुन सफल भएको हो । सायद तत्कालीन परिवेश अनुसार उनले सो बाटो नसमातेको भए अहिले संगैका साथी जस्तै चुलो चौकोमा उनको जिन्दकी बितेको हुन्थ्यो होला । तर उनमा आएको परिबर्तित सोच र तत्कालीन अबस्थामा पढाईबाट बन्चित भएका किशोर किशोरीहरुका लागि युनिसेफ नेपालले जिल्ला शिक्षा कार्यालयको समन्वयमा सञ्चालन गरेको उक्त कक्षा कै कारण उनले शैक्षिक प्रगति र रोजगारीमा आबद्ध हुन सफल भएकी हुन । शैक्षिक प्रगति कै कारण चाँदनी हाल आफ्नै वडाको र आफैले विद्यालय शिक्षा प्राप्त गरेको बालमन्दिर माध्यामिक विद्यालयमा बालबिकासकी सहजकर्ताका रुपमा बिगत बाह्र वर्षदेखि काम गर्दै आएकी छन् । र दैनिक पाँच वर्षमुनिका बालबालिकाहरुसंग रमाउने गर्दै आएकी पनि छन् । सायद चाँदनीको यो सफलता किशोर किशोरीका लागि बिशेष अभियानका रुपमा सञ्चालीत अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन नभएको भए त्यो संम्भव नै थिएन । अनौपचारिक शिक्षा कार्यक्रमको कक्षा सञ्चालन हुदा केही सहपाठी अहिले पनि साक्षर त भए तर चाँदनी जस्तो रोजगारीमा आउन सकेका छैनन् । उनले आफ्नो पढाई प्रतिको लगाव र घरको सहयोग कै कारण आफु आजको अवस्थामा पुगेको बताउने गर्छिन् । जीवनलाई परिवर्तन गर्न पढाईको महत्व अहिले आएर बुझेको बताउदै चाँदनी अहिले जस्तो आफ्नो पालामा अनिवार्य विद्यालय जानु पर्छ भन्ने न त सामाजिक मान्यता रहेको, न त कुनै अभियान नै सञ्चालन भए । विद्यालय जानु पर्ने उमेरमा विद्यालयको अनुहार नै नदेखि शिक्षा आर्जन गर्न सफल भएकोमा भने उनी आफुलाई भाग्यमानी नै ठान्छिन । त्यति बेला अध्ययन गर्दाको सयममा पढेका कुरा बुझ्न कठिन भएको सम्झदै कतिपय कुरा त रटेको समेत अहिले उनलाई याद आउने गरेको छ । चाँदनीका श्रीमान पनि खानेपानीको टेक्निसीयनका रुपमा का मगर्दै आएका छन् भने दुवै जना मिलेर तरकारी खेती गरि अतिरिक्त कमाई पनि गर्दै आएका छन् भने श्रीमानले आफ्नै कमाईबाट हार्डवयरको पसल पनि सञ्चालन गर्दै आएका छन् । त्यसैले त चाँदनी सायद नपढेको भए यसरी धेरैतिरबाट कमाई गर्न सफल हुन नसक्ने र माथिल्लो उमेरमा भएर पनि पढ्न पाएको कारण बिभिन्न काम गर्ने बिकल्पहरु थहा पाउन सफल भएको उनलाई महशुस भई रहेको छ । यो सबै कुरा चाँजदी जस्तै विद्यालय जाने उमेरमा अध्ययन गर्न नपाएका छात्रा छात्रहरुका लागि सरकारले ल्याएको बाल शिक्षा कार्यक्रम निक्कै उपयोगी पाईएको छ ।











