प्रतिनिधिसभा सदस्यमा निर्वाचित रोकायाले पाए प्रमाण पत्र

सि.टा.समाचारदाता
सिमकोट । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वातिच हुनु भएका जयपति रोकायालाई प्रमाण पत्र बुझाउने कार्य भएको छ । निर्वाचित भएको प्रमाण पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुझाएको हो ।

शनिबार अवेर राती रोकायालाई एक मात्र क्षेत्र रहेको हुम्ला जिल्लाको प्रतिनिधिसभा सदस्यमा निर्वाचित घोषणा गरिएको भएपनि प्रमाण पत्र बुझाउने कार्य भएको थिएन । आईतबार मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले एक कार्यक्रमको आयोजना गरेर नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रोकायालाई निर्वाचित भएको प्रमाणपत्र बझाएका थिए ।

मुख्य निर्वाचन अधिकृत बरालले निर्वाचन सफल पार्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै प्रतिनिसिभा सदस्यमा निर्वाचित रोकायालाई नीति निर्माण कार्यमा सफलता मिलोस भन्ने शुभकामना दिएका थिए । सो कार्यक्रममा कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाही, कर्णाली प्रदेश सरकार जलश्रोत तथा उर्जा मन्त्री विजय बुढा, प्रमुल जिल्ला अधिकारी टेककुमार रेग्मी, सुरक्षा निकायका प्रुमुख लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिनिधिसभा सदस्यमा विजयी रोकायाले आठ हजार ७९७ मत ल्याएर विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डाक्टर दिपेन्द्र रोकायालाई एक हजार ५५४ मतान्त्तरले पछि पार्दै विजयी भएका थिए । डाक्टर रोकायाले सात हजार २४३ मत प्राप्त गरेका थिए ।