सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित जयपति रोकाया राजनीति जीवन यात्रा पदमै रहेर अगाडी बढेको छ । जातिय र भेगीय राजनीति मन नपराउने रोकाया नेपाल विधार्थी संघ हुम्लाको अध्यक्षदेखि पार्टी सभापतिसम्म काम गरेको उनको अनुभव ताजै छ ।
प्रतिनिधि सभा सदस्य रोकायाको जिवन राजनीति गर्दै आजको अवस्थामा आई पुगेको छ । सुरुमा २०४८ सालअघि कम्युनिष्ट पृष्ठभूमि भएपनि पछि तत्काली नेविसंघका नेता कैलाश रोकायाको बिशेष पहलमा नेपाल विधार्थी संघमा आवद्ध भएर काँग्रेसमा उनलेको राजनीतिबाट सुरु भएको हो । अझ २०५२ सालका काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा २०५३ सालमा रोकायाले नेपाल बिधार्थी संघ हुम्ला काठमाडौं सम्पर्क समितिको अध्यक्ष हुन चाहेका थिए ।
उक्त पदमा हिराजन काफ्ले पनि चाहाना देखिएपछि नेवसंघका बिधार्थीहरुले तेस्रो पक्षलाई अध्यक्ष चयन गरेको थियो । हुन त हुम्लामा नेपाली काँग्रेसको प्रभाव प्रजातन्त्र पनरवहाली पछिका दिनमा त्यति राम्रो थिएन । पछि भने राम्रो हुँदै गयो । हुम्लाका काँग्रेस यो अवस्थामा पुर्याउने कामको नाम जीवनबहादुर शाहीको छ भनि रहनु आवश्यक छैन ।
उनी २०४९ सालबाट काँग्रेस राजनीति गरेदेखि केहिल्यै लाभको पदमा पुग्न सकेको थिए । २०४९ सालबाट नेपाल बिधार्थी संङ्घको राजनीति सुरु गरेका प्रतिनिधिसभा सदस्यमा निर्वाचित रोकायाले २०५४ सालमा नेपाल बिधार्थी संघको जिल्ला अध्यक्ष भएका थिए । जतिबेला जीवनबहादुर शाहीका बिस्वास पात्र भई सकेका थिए । त्यसयता उनी नेविसंघको तीन कार्यकाल जिल्ला अध्यक्षमा भएका थिए ।
२०६१ सालबाट नेपाल तरुण दल हुम्लाको अध्यक्ष भएका थिए । तरुण दल हुम्लाको अध्यक्षमा पनि रोकायाले तीन कार्यकाल भ्याउन सफल भएका थिए । नेपाली काँग्रेसको बाह्रौ महाधिबेशनबाट रोकाया नेपाली काँग्रेस जिल्ला कार्य समितिको पार्टी सभापतिमा निर्वाचित भएका थिए । त्यो पनि कहानी लाग्दो घटना छ । खासमा उनी हुन नचाहेको भएपनि पत्कालीन परिस्थितीले हुनु पर्ने बाध्यता आई लाग्यो ।
त्यसैगरि उनी तेह्रौ जिल्ला अबिधेशनबाट पनि नेपाली काँग्रेस हुम्लाको पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका थिए । काँग्रेसको चौधौ महाधिबेशनपछि महासमिति सदस्य र कर्णाली प्रदेश सदस्यमा हाल उनी कार्यरत छन् । हाल बिशेष महाधिबेशन भई सकेको छ ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा पार्टीले सिमकोट गाउँपालिकाको अध्यक्षमा टिकट दिने निश्चित थियो । तत्कालीन नेकपा माअोवादीसंग समिकरण भएको कारण जीत पनि निश्चित जस्तै थियो । तर उनले पार्टीले दिन खोजेको सो पद अस्वीकार गरेका थिए । नेपाली काँग्रेस हुम्लाले २०७४ र २०७९ को प्रतिनिधिसभा सदस्यमा समानुपातिकमा सिफारिस भने गरेको थियो ।
संयोगवस उनी सो पदमा पुग्न सफल भएका थिएनन् । रोकायाको यो जनप्रतिनिधिका रुपमा प्रतिनिधिसभामा पहिलो प्रवेश हो । आफु निर्वाचित भई सकेपछि नीति निर्माणमा बढी केन्द्रीत रहने प्रतिबद्धता यसअघि उनले ब्यक्च गरि सकेका छन् । काँग्रेसका रोकायाको विजयसंगै हुम्ला जिल्लामा नेपाली काँग्रेसले बाह्र वर्षपछि प्रत्यक्षतर्फ प्रतिनिधिसभामा प्रवेश गरेको छ ।
२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेस हुम्लामा निर्वाचित भएको थियो र पछि संविधान निर्माण भएपछि प्रतिनिधिसभामा परिणत भएको थियो । त्यसयता २०७४ मा पराजित र २०७९ निर्वाचनमा समिकरण हुँदा तत्कालीन नेकपा माओवादी केन्द्रलाई प्रतिनिधिसभा सदस्यमा सहयोग गरेको थियो ।
प्रतिनिधिसभा सदस्यमा विजयी रोकायाले आठ हजार ७९७ मत ल्याएर विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डाक्टर दिपेन्द्र रोकायालाई एक हजार ५५४ मतान्त्तरले पछि पार्दै विजयी भएका हुन । डाक्टर रोकायाले सात हजार २४३ मत प्राप्त गर्नु भएको छ ।




















