प्रत्यक्षतर्फ हुम्लामा एक दशमलव पचासी प्रतिशत मत बदर

फोटो क्याप्सन समानुपातिकतर्फ मतगणना गर्दै खटिएका कर्मचारीहरु । तस्बिर :सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यतर्फको बदर मत निक्कै न्यून देखिएको छ । निर्वाचनका लागि खसेको मत गणना गर्दा बदर मतको प्रतिशत निक्कै न्यून देखिएको हो ।
कुल खसेको २२ हजार ४६७ मत गणना गर्दा एक दशमलव पचासी प्रतिशत मत मात्र बदर भएको देखिएको सहायक मतदान अधिकृत श्रीदिप वाग्लेले बताए ।

यो निक्कै न्यून बदर मत भएको उनले बताए । कुल खसेको मत गणना गर्दा ४१६ मत मात्र बदर देखिएको छ । दुर्गममा यसरी न्यून बदर मत देखिन मतदाता शिक्षा प्रभावकारी देखिएको छ । अर्को कारण वारेसबाट पनि मतदान कार्य भएको हुन सक्ने बताउने पनि छन् ।