कल्पना वनिन हुम्लाको पहिलो माविको स्थायी शिक्षक

पहिलो माविकी शिक्षक कल्पना बुढाथोकी रोकाया । तस्बिर : राजन रावत, हुम्ला
  • सि.टा. समाचारदाता
    सिमकोट । परिश्रमको फल मिठो हुन्छ भन्ने कुरालाई प्रमाणित गर्दै कल्पना बुढाथोकी रोकायाले सात वर्षको प्रयासपछि शिक्षा आयोगको परिक्षा दिएर मावि कोटामा नाम निकाल्न सफल भएकी छन् । बिहीबार आयोगले लिएको अन्र्तवार्तामा उनको नाम निक्लीदा उनी जिल्ला कै पहिलो महिला माविको शिक्षक भएकी हुन ।

दुर्गममा जन्मेर शिक्षा सेवा आयोगले लिएको मावि शिक्षकको परिक्षामा उर्तिण भएर जिल्ला मै पहिलो महिला शिक्षक कल्पना बुढथोकी रोकाया बन्न सफल भएकी छन् । माविमा स्थायी शिक्षक हुने भित्री चाहाना पहिलो पटक कै परिक्षामा सफल भएको उनले बताईन । तर यसका लागि उनले कडा मिहेनेत गरेको कुरा पनि सुनाईन । हाल प्रावि दरबन्दीमा उनी स्थायी जागिर खाई रहेकी थिईन । विद्यालयमा पढाउने र माविका लागि आयोगको परिक्षाको तयारी संगसंगै उनले गर्ने गरेकी थिईन । हुम्लाबाट पुरुषहरु माविमा शिक्षक हुन सफल भएपनि हालसम्म महिलाहरु भने बन्न सकेका थिएनन् । हाल उनी सिमकोट गाउँपालिका–४ को बालविकास आवि हिल्दुमकी स्थायी शिक्षक हुन ।

यसअघि उनले निमाविमा तीन पटक आयोगको परिक्षा दिएकी थिईन तर तीनै पटक नाम भने निकाल्न भने सफल भईनन् । तर पनि उनले हार मानिन् र पून माविमा सामाजिक विषयका लागि आवेदन दिएर लिखितमा जनजाति र महिला कोटामा नाम पहिलो पटक नै निकाल्न सफल भईन । २०७३ सालदेखि आफुले गरेको कडा मिहेनेतको प्रतिफल नै अहिलेको अवस्थामा पुगेको उनको भनाई छ ।

स्थायी ठेगाना सर्केगार्ड गाउँपालिका– ६ को बराई गाउकी उनी उमेरले अहिले ३६ वर्ष पुगेकी छन् । उनका बुवा हिस्य बुढाथोकी र आमा रुपधारा बुढाथोकी हुन । उनको प्राथमिक शिक्षा गाउकै स्वयम्भु आधारभुत विद्यालयमा सुरु भएको थियो । कक्षा छ भने सोही गाउँपालिका– ७ को कोट मावि रोडिकोटमा भएको थियो । कक्षा सातदेखि कक्षा दशसम्म भने सिमकोट गाउँपालिकाको मानसरोवर नमूना माविमा अध्ययन उनले गरेकी थिईन ।

उनले २०६१ सालमा तत्कालीन एसएसलीमा दोस्रो श्रेणीमा उतिर्ण भएकी थिईन । उनको व्याजमा जिल्ला भरबाट दुई जना मात्र छात्रा उतिर्ण भएका थिए । जसमा उनी र राजमति शाही रहेको थिए । त्यसैगरि २०६४ सालमा कक्षा बाह्र पनि उनले मानसरोवर नमूना माविबाटै दोस्रो श्रेणीमा गरेकी थिईन । स्नातक भने २०६७ सालमा नेपालगंजको महेन्द्र बहुमुखी क्याम्पसबाट दोस्रो श्रेणीमै उतिर्ण गरैकी थिईन ।

२०६५ देखि २०७० सालसम्म सरकारी वकिल कार्यालय हुम्लामा कम्प्युटर अप्रेटरको रुपमा काम गरेको अनुभव उनलाई रहेको छ । २०७३ देखि २०७६ सालसम्म प्राविमा अस्थायी शिक्षकमा काम गरेकी थिईन । २०७६ साल मंसीर १९ गते उनले पहिलो पटक प्रावि शिक्षकमा स्थायी नाम निकालेकी थिईन । उनलाई यो अवस्थामा पुर्याउनमा श्रीमान ठानबहादुर रोकायाको योगदान पनि महत्वपुर्ण भएको भनाई उनको छ । उनी हाल सर्केगार्ड गाउँपालिकाका अध्यक्ष रहेका छन् । उनलाई अध्यक्ष रोकायाले तिमी मिहेनेत गरे अरु दुःख म गर्छु भनेको कुरा कहिल्यै नविसर्ने गरि आउने गरेको छ ।