सिमकोट गाउँपालिकाको सरिमामा बोलेरो जीप पल्टियो यात्रु सकुशल

फोटो क्याप्सन सरिमाको सडकमा पल्टिएको जीप । तस्बिर : सौजन्य, दन्त बहादुर शाही ।

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ७ को सरिमामा यात्रु बोकेको बोलेरो जीप दुर्घटना भएको छ । सिमकोटबाट हेक्पातर्फ जाँदै गरेको सो जीप एक्कासी ब्रेक फेल भएपछि दुर्घटना भएको हो ।

सो क्षेत्रको ओरालोमा झरि सकेपछि हेक्पा खोलातर्फ जाँदै गरेको जीप एक्कासी सडकको माथिल्लो भागमा गएर ठोकिएको र त्यसपछि पल्टिएको प्रत्यक्षदर्सी दन्तबहादुर शाहीले बताए। उनी मोटरसाईकलमा नाम्खा गाउँपालिकातर्फ जाने क्रममा यो घटना भएको हो ।

जीपमा चालक सहित चार जना यात्रु रहेको र सवै जना सकुशल पल्टिएको जीपबाट बाहिर निस्किएको उनले बताए । जीप सडकमो माथिल्लो भागमा गएर ठोकिएको कारण मानवीय क्षेतीबाट जोगिएको बताउदै उनले सडकको तल्लो भागमा जीप गएको भएर भिरालो जमिन भएको कारण तलैसम्म लडेर जानेबताए ।

जीपको ब्रेकफेल भएको कारण यो दुर्घटना भएको चालकले आफुलाई भनेको उनको भनाई छ । जीप दुर्घटना भएको पुष्टि गर्दै प्रहरी नायव उपरिक्षक शंकर खण्डकाले प्रहरी घटनास्थलतर्फ लागेको बताए ।