- सि.टा. समाचारदाता
निरन्तर परेको भारी वर्षाका कारण आएको बाढी पहिरोका कारण सबै जसो सडक सवारी नचल्ने अवस्थामा पुगेका हुन्। जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ । गृह मन्त्रालयका अनुसार २२ वटा नदीले खतराको सीमा पार गरेको छ र १४ वटा चेतावनीको अवस्थामा पुगेका छन् । बिहान ९ः३० बजेसम्म काठमाडौँ उपत्यका छिर्ने सबै मुख्य सडक पहिरोका कारण अवरुद्ध भएको प्रहरी तथा स्थानीय संवाददाताहरुले जनाएका छन् । बिपी राजमार्ग बिहानैदेखि रोकिएको छ। रोसिखोलाले बिपि मार्गको नेपालथोक खण्डमा प्रहरी चौकी भन्दा अलि माथीको सडक झारेको छ।











