सि.टा. समाचारदाता
सिमकोट । हुम्लामा अवरुद्ध भएको चौथो दिनमा हवाई सेवा सुचारु भएको छ । सोमवार बिहानैबाट मौसम सफा भएपछि नेपालगंज र सुर्खेतबाट हवाई सेवा सुचारु भएको हो ।
अबरुद्ध भएको हवाई सेवा सुचारु भएको समिट एयर सिमकोट शाखाका ईन्चार्ज गोविन्द लामाले बताए । बिहानैबाट मौसम सफा भएपछि हवाई सेवा सुचारु भएको उनले बताए । सेवा सुचारु भएपनि नेपाल एयरलाईन्सले नेपालगंज र सुर्खेतबाट एक एक सेडुअल उडान भरेको थियो भने समिट एयरले पनि नेपालगंजबाट एक उडान भरेको थियो । यसबाट ४६ जना यात्रुहरु जिल्लामा भित्रिन पाएका छन् भने त्यति नै जिल्लाबाट बाहिरिएका छन् ।
यतिबेला जिल्ला भित्रिने र बाहिरिने यात्रुहरुको चाप धेरै भएपनि उडान भने कम हुँदै आएका छन् । कर्णालीका अन्य हिमाली जिल्लाहरुमा सडक यातायात समेत जोडी सकेको अवस्थामा हुम्ला जिल्लाका तीन वटा गाउँपालिका भने अझै हवाई यातायात कै भरमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । दशै तिहारको समयमा नियमित उडानको ब्यवस्था गर्नका लागि जिल्लावासीको माग रहेको छ ।
























