छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

उद्घाटन सत्रमा खेलाडीहरु मार्च पास गर्दै । तस्बिर ः राजन रावत, हुम्ला

सि.टा.समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिकाका माध्यामिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ । यसअघि सिमकोट गाउँपालिकाले गरेको निर्णय अनुसार सो प्रतियोगिता दशै अगाडी सञ्चालन भएको हो ।
प्रतियोगिता एक कार्यक्रमकाबिच उद्घाटन भएर सुरु भएको सिमकोट गाउँपालिका– ३ को रलिङ माविका प्र.अ छिमि लामाले बताय ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दलु फडेराले ब्यानर वाचन गरेर गरेका थिए । त्यसैगरि प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले राष्ट्रिय झण्डातोलन गरेका थिए भने सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले दिप प्रज्वलन गरेका थिए ।

त्यसैगरि प्रजिअ पाण्डले प्रतियोगिताको मुख्य रेफ्रीलाई सफथ खुवाएका थिए भने उनले सवै खेलाडीहरुलाई खुवाएका थिए । प्रतियोगी विद्यालयका खेलाडीहरुको मार्च पासमा उपप्रमुख फडेराले सलामी खाएका थिए ।
यो प्रतियोगितामा गाउँपालिका भित्रका मानसरोवर, बालमन्दिर, सैपाल हिमाल, कर्णाली , कैलाश, रामदेव र आयोजक रलिङ माविले सबै इभेन्टमा सहभागीता जनाएका छन् ।

आयोजक रलिङ मावि बरगाउँ भएपनि सिमकोटस्थि खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको छ । यसका लागि छात्रा छात्रका तेह्र वटा ईभेन्टहरु छुट्टा छुट्टै रुपमा सञ्चालन हुनेछन् । प्रतियोगिताका लागि सात वटै विद्यालयबाट करिव साँढे चार सय छात्रा छात्रहरुले सहभागिता जनाएका छन् । आर्थिक सहयोग गाउँपालिकाको भएपनि निर्णय अनुसार प्रत्येक वर्ष पालो अनुसार विद्यालयले प्रतियोगिता सञ्चालन गर्दै आएका छन् । उद्घाटन सत्रपछि आजैबाट प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछन् ।