किसानलाई ग्रीन हाउन निर्माण र तरकारी खेती सम्वन्धि तालिम

ग्रीन हाउस निर्माण र तरकारी खेती तालिम लिएपछि किसान । तस्बिर ः सौजन्य गगन रोकाया

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ७ र आठका किसानहरुलाई ग्रीन हाउस निर्माण र तरकारी खेती सम्वन्धि तालिम प्रदान गरिएको छ । सिजन सकिएर बेमौसमी तरकारी खेती गर्ने समय आएको कारण किसानलाई ग्रीन हाउस निर्माणका साथै तरकारी खेती सम्वन्धि तालिम दिईएको छ ।
सिमकोट गाउँपालिकाका दुई वटा वडाका छ वटा वस्तीका किसानहरुलाई यो तालिम प्रदान गरिएको आधार बिकास नेपालका कृषि प्राविधिक गगन रोकायाले बताए । अब बेमौसमी तरकारी खेती गर्ने समय सुरु हुन थालेको कारण समय मै किसानहरुलाई लागि तालिमको ब्यवस्था गरिएको उनले बताए । सवै बस्तीका चास सय सत्तरी किसानहरुलाई तालिम प्रदान गरिएको हो । यसमा सिमकोट गाउँपालिका– ७ को धारापोरीका गाउँका बीस जना र चौगानफया गाउँका ३५ जना किसानहरुलाई तालिमा दिईएको छ भने वडा नम्बर ७ को स्याँडाका २५० जना, याङ्गुका ७० जना, साँताका ६० जना र खोल्सीका ३५ जनालाई प्रदान गरिएको छ । असोज महिना लागेसंगै किसानहरुले हिउदका लागि ग्रीन हाउन निर्माणको कार्य सुरु गर्ने र त्यसमा तरकारी लगाउन सुरु हुनेछ ।