सि.टा. समाचारदाता
सिमकोट । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भइ एक लाख ६५ हजार रुपियाँ कायम भएको छ। महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार चार सय रुपियाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ९५ रुपियाँले वृद्धि भएको छ
। शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपियाँ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने दुई हजार ७५ रुपियाँ निर्धारण भएको महासङ्घले जनाएको छ।
विजनेश








