दशैको पुर्णिमासम्म नेपाल एयरलाईन्सद्धारा कर्णालीमा ७०४ जना यात्रुहरुको सेडुअल उडान

सिमकोट बिमान स्थलमा नेपाल एयरलाईन्सको जहाज । तस्बिर ः राजन रावत, हुम्ला ,

लोग भण्डारी
सिमकोट । यस पालीको दशैको एक महिनामा नेपाल एयरलाईन्सले कर्णालीका हिमाली जिल्लाहरुमा एक महिनामा ४४ वटा उडान भरेको छ । यी उडान नेपालगंज र सुर्खेतबाट कर्णालीका हिमाली जिल्लाहरुबाट भरिएका हुन ।
यसअछि पनि नेपाल एयरलाईन्सले कर्णालीका हिमाली जिल्लाहरुमा नियमित उडान भर्ने बताउदै नेपालगंज बिमान स्थल हेर्ने नेपाल एयरलाईन्सका कर्मचारी बलराज हमालले मंगलबार उताको एक महिनामा मात्र ४४ उडान भर्न नेपाल एइरलाईन्सको जहाज सफल भएको बताए । उनले दशैको समयमा जहाजले नियमित उडान भरेपछि चाडवाडमा घर जाने यात्रुहरुलाई सहज भएको बताए । नेपालगंजबाट नेपाल एयरलाईन्सले कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमकोट नेपालगंजबाट हप्ताको दुई उडान , सर्खुेतबाट एक उडान, जुम्लामा नेपालगंजबाट दुई उडान, मुगुको ताल्चमा दुई उडान, डोल्पाको दुनैमा एक उडान र सुदुरपश्चिम प्रदेशको बाजुराको कोल्टी बिमान स्थलमा एक यात्रु उडान भर्ने गरेको हो । त्यसैगरि काठमाडौं रुकुम र नेपालगंज रुकुम पनि उडान भर्ने गर्छ । नेपाल एयरलाईन्सले सेडुअल उडान भर्ने भएको कारण भाडा पनि सस्तो पर्ने गर्छ । यी उडानबाट ७०४ जना यात्रुहरुलाई दशैमा जहाज मार्फत आफ्नो गन्तव्यमा पुर्याएको छ भने त्यति नै संख्यमा ती जिल्लाबाट सुर्खेत र नेपालगंज झार्ने कार्य पनि गरेको छ । अन्य बेला नियमित उडान भर्ने कार्य निश्चित नभएको नेपाल एयरलाईन्सले दशै तिहारको बेला भने नियमित उडान भर्ने गरेको यात्रुहरुको भनाई रहेको छ ।