माओवादी केन्द्र हुम्लाको पुर्ण बैठक आजवाट सर्केगार्डमा

सि.टा. समाचारदाता
सिमकोट । नेकपा माओवादी केन्द्र हुम्लाको पुर्ण बैठक जिल्ला कै मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड आजबाट सुरु हुने भएको छ । मंसीर १६ गते हुन लागेको उपनिर्वाचनलाई मध्यनजर राख्दै उक्त पार्टीले आफ्नो पुर्ण बैठक सर्केगार्डमा राखेको हो ।
कातिक ७ गते दिनको  एक वजेबाट पार्टीको पुर्ण बैठक सुरु हुन लागेको माओवादी केन्द्र हुम्लाका जिल्ला संयोजक डाक्टर दिपेन्द्र रोकायाले बताए । बिशेष गरि यो बैठक उपाध्यक्ष पदका लागि मंसीर १६ गते हुन लागेको उपनिर्वाचनको विषयमा केन्द्रीत हुने उनले बताए । यद्यपि बैठकले उम्मेदवारको टुंगो भने लगाउने छैन.। यसको अलावा वैठकमा समसामयिक विषयमा समेत छलफल गरिने छ । बुधवार बिहान गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम चल्ने छ भने दिउसोबाट पार्टी बैठक सञ्चालन भएर कातिक ८ गतेसम्म जारी रहनेछ । यसका लागि कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाही, हुम्ला जिल्लाबाट माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका विजय भण्डारी, सीता शाही, माओवादी केन्द्रका कर्णाली प्रदेशका अध्यक्ष बिमला बुमी, जिल्ला संयोजक छिमी दोर्जे लामा, बैकल्पिक केन्द्रीय सदस्य बिरजंग शाही, सासद छिरिङ डम्डुल लामा, प्रदेस सभा सदस्य रणसिंह परियार, प्रदेश समितिका सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, गाउँपालिका संयोजक लगाएको उपस्थिती रहने माओवादी केन्द्रले जनाएको छ ।