स्थगित रानी वन गोल्ड कपको फाईनल आज हुने

सि.टा.समाचारदाता
सिमकोट । स्थगित भएको रानी वन गोल्ड कप फुटवल प्रतियोगिताको फाईनल खेल आज हुने भएको छ । क्लबका सदस्य गानेन्द्र रावतको निधन भएपनि बिहीबार हुने भनिएको उक्त प्रतियोगिता स्थगित भएको थियो ।
शुक्रबार बाह्र बजेबाट स्थगित भएको रानी बन गोल्ड कपको फाईनल खेल हुनेछ । प्रतियोगिता सिमकोटस्थित खेल मैदानमा सञ्चालन गर्ने तयारी आयोजक रानी वन युवा क्लवले तयारी गरेको हो । फाईनलमा सिम वाईज क्लव र र तल्लो गाउँ राईजिङ युवा क्लव भिड्ने भएका छन् । दुवै टिमले बुधबार भएको सेमिफाईनल प्रतियोगितामा बिजेता भएपछि फाईनलमा आफ्नो स्थान पक्का गरेका हुन ।
सेमिफाईनलका दुवै बिजेता टिम फाईनलमा भिड्ने भएका हुन । गत बुधबार भएको पहिलो सेमिफाईनल खेलमा तल्लो गाउँ राईजिङ क्लवले रोयल एफसिलाईलाई ट्राईबेकरमा तीन एक गोल अन्तरमा बिजेता भएर फाईनलमा प्रबेश गरेको थियो । भने त्यसैगरि दोस्रो सेमिफाईनलमा सिम वाईजले ठेहे उदियमान युवा क्लवलाई निर्धारित खेलमा तीन सुन्ने गोल अन्तरबाट बिजेता भएर फाईनलमा प्रवेश गरेको हो । चौथो रानीवन गोल्ड कप फुटबल प्रतियोगिता कातिक २ गतेबाट सञ्चालन भएको हो । प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता टिमले पचास हजार नगद सहित कप, खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरि द्धितीया हुने टिमले तीस हजार नगद प्राप्त गर्नेछ ।