सि.टा. समाचारदाता
सिमकोट । स्थगित भएको रानी वन गोल्ड कप फुटवल प्रतियोगिताको फाईनल खेलमा सिम ब्वाईज क्वल बिजेता भएको छ । फाईनलमा तल्लो गाउँ राईजिङ क्लव माथि बिजेता हात पार्दै सिम ब्वाईज प्रतियोगिताको बिजेता भएको हो ।
चौथो रानीवन गोल्ड कप प्रतियोगितामा सिम ब्याईज क्लव निर्धारित समयमा बराबारी गोल भएपछि ट्राईबेकरमा बिजेता भएको हो । जसमा दुईका बिरुद्ध तीन गोल गरेर सिम ब्वाईज बिजेता भएको हो ।

निर्धारित समयको दोस्रो हाफमा दुवै टिमले गोल बराबरी गरेपछि खेल ट्राईबेकरमा गएको थियो । बिजेता र उपबिजेता टिमलाई क्रमश पचास हजार र तीस हजार नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरि बिजेता सिम ब्वाईजलाई ट्रफी पनि प्रदान गरिएको थियो । बिजेता र उपबिजेता सबै खेलाडी तथा अफिसियलहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी सिम ब्वाईजका जीवन रावतलाई बुट प्रदान गरिएको थियो भने सिमकोट बिमानस्थलका प्रमुख महेन्द्र सिंहको तर्फबाट उनले खेल अवधिभर गरेका आठ वटा गोलको प्रतिगोल पाँच सय रुपियाँका दरले चार हजार नगद पनि प्रदान गरिएको थियो ।

उत्कृष्ट खेलाडी सिम ब्वाईज कै बिशाल सिंह पनि पुरस्कृत भएका थिए । उत्कृष्ट गोल किपरमा सिम ब्वाईज कै छिरिङ लामा रहेका थिए । यो पुरस्कार सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकाया, जिल्ला खेलकुद समितिका अध्यक्ष बिनोद बोहरा, पत्रकार महासंघका अध्यक्ष राजन रावतले बितरण गरेका थिए । प्रतियोगिता सिमकोटस्थित खेल मैदानमा भएको हो । गत बुधबार भएको पहिलो सेमिफाईनल खेलमा तल्लो गाउँ राईजिङ क्लवले रोयल एफसिलाईलाई ट्राईबेकरमा तीन एक गोल अन्तरमा बिजेता भएर फाईनलमा प्रबेश गरेको थियो । भने त्यसैगरि दोस्रो सेमिफाईनलमा सिम वाईजले ठेहे उदियमान युवा क्लवलाई निर्धारित खेलमा तीन सुन्ने गोल अन्तरबाट बिजेता भएर फाईनलमा प्रवेश गरेको हो । चौथो रानीवन गोल्ड कप फुटबल प्रतियोगिता कातिक २ गतेबाट सञ्चालन भएको हो । प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।
























