सि.टा.समाचारदाता
सिमकोट । दशै तिहार मनाउन एक वर्ष पछि घर आई पुगेका बिधार्थीहरु मर्कामा परेका छन् । दैनिक उडान नहुँदा आफु अध्ययन गर्ने शैक्षिक संस्था सञ्चालन भई सकेको भएपनि टिकट नपाएको कारण बिधार्थीहरु समस्यामा परेका हुन ।
जिल्ला बाहिर अध्ययन गर्दै आएकी बिधार्थी जानकी रोकायाले उडान नहुँदा टिकट नै नपाएको कारण सिमकोटमा रोकिनु परेको बताईन । उनले कहिले जहाज आउने र टिकट पाउने भन्ने निश्चित नभएको बताउदै यति धेरै दुःख यसअघि कहिल्यै नपाएको बताईन । उनी गत १९ गतेबाट झर्ने तयारीमा रहेकी थिईन । यसरी हवाई माग भएर खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाबाट जिल्ला बाहिर अध्ययन गर्ने बिधार्थी लगाएत सबैले हवाई मार्ग प्रयोग गर्ने गर्छन । जहाजले कम उडान गर्ने गरेपछि यति बेला सिमकोटस्थि नीजि एयरलाईन्सका कर्मचारीहरुलाई असी नब्बे जना बिधार्थीको लिष्ट तयार भएको छ भने नेपाल एयरलाईन्सको टिकट पाउन अघिल्लो राती आठ बजेबाट लाईनमा वस्ने गरिन्छ ।
सिमकोट बिमानस्थल सुनसान
सिमकोट बिमानस्थल सुनसान देखिदै आएको छ । भरसक उडान नहुँने र भएपनि दिनमा एक मात्र उडान हुने गरेपछि बिमानस्थल सुनसान देखिने गरेको हो । कोरोना अघि हिल्साबाट मानसरोवर कैलाशको दर्शन गर्ने बाह्य पर्यटकहरु आउदा सिमकोट बिमान स्थलको आकाशमा एयर ट्राफिक जाम हुने गरेको भएपनि हिजोआज भने सिनसान देखिन थालेको छ । नेपालगंज बेस भएर बस्ने जहाजहरु सबै काठमाडौं फिर्ता हुँदा सिमकोट बिमानस्थल उडान नभए कै कारण सुनसान देखिएको नागरिक उड्डयान प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र बहादुर सिंहले बताए । उनले दैनिक उडान नहुँने र भएपनि दिनमा एक मात्र उडान हुने गरेको कारण यात्रुहरु निक्कै मर्कामा परेको बताए । दशै तिहारमा घर आएका माथिल्लो हुम्लाका अधिकाँस बिधार्थीहरु फर्कन नपाएर समस्यामा परेका हुन । उनीहरु चारदेखि पाँच दियता सिमकोटमा बस्नु परेको छ । अर्को कुरा अस्पतालले रिफर गरेका बिरामीहरु पनि जिल्ला बाहिर उपचार गर्न जान पाउने अवस्था रहेको छैन् । हाल काठमाडौं फर्किएका नीजि एयरलाईन्सहरुले हप्तामा एक एक वटा सेडुअल उडान भर्ने गरेका छन् । यो क्रम दशै अघि देखि नै चली रहेको छ । नेपाल एयरलाईन्सले भने हप्तामा तीन उडान भर्ने गरेको भएपनि यो हप्ता सिमकोट सुर्खेतको उडान भने भर्न सकेन । खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म सडक जोडिएपछि अधिकाँस सामान पैदल मार्गबाट आउन थालेपछि नेपालगंज र सुर्खेतमा लोड नभएको कारण पनि उडान कम हुने गरेका हुन ।












