पुल निर्माण भएको एक वर्ष भयो तर यातायातका साधन सञ्चालनमा आएनन

निर्माण कार्य पुरा एक वर्ष पनि हालसम्म यातायातका साधन सञ्चालनमा नआएको पक्की पुल । तस्बिर : सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट हिल्सा सडकको सल्ली खोलामा निर्माण गरिएको पक्की पुल निर्माण भएको एक वर्ष भएपनि त्यस माथि यातायातका साधनहरु गुड्ने गरेका छैनने । यसअघि नै सो पुल निर्माण भएको डेढ सय मिटर तल उक्त खोलामा काठे पुल पनि निर्माण भएको कारण यातायातका साधनहरुले समय बढी लाग्ने भन्दै पक्की पुल नतरेका हुन ।
उक्त पुल गतवर्ष यो अवधिमा निर्माण कम्पनी पक्षले निर्माण कार्य पुरा गरेको थियो । सोही समयमा निर्माण कम्पनी पक्षले हिल्सा सिमकोट सडक आयोजनासंग भुक्तानी समेत लिई सकेको छ ।

तर पनि पुलमा यातायातका साधनहरु सञ्चालनमा आउन नसकेको आयोजनाले जनाएको छ । यसरी निर्माण भएको पुलमा यातायातका साधन सञ्चालनमा नआउनुको कारण भएको आयोजनाको भनाई रहेको छ । काठेपुलमा नतर्ने बाताबरण सृजनाका लागि पनि कुनै पहल भएको देखिदैन ।

उक्त काठेपुल पनि निक्कै जिर्ण अवस्थामा रहेको छ । सो काठेपुल चार वर्ष अगाडी नाम्खा गाउँपालिकाले निर्माण गरेको हो । बोलेरो जीप चालक जनक बुढा मगरले सल्ली खोलामा निर्माण गरिएको पक्की पुलमा यातायातका साधन सञ्चालनमा आउन नसकेको बताए ।

उनले पक्की पुल तर्दा सात मिनेट समय बढी लाग्ने भएको कारण सो पुल भन्दा केही तलको काठेपुल तर्ने गरिएको बताउदै अधिकाँस यातायातका साधन काठेपुल मै तर्ने गरेको बताए । हाल उक्त काठेपुलमा दैनिक पचास साठी यातायातका साधनहरु आवत जावत गर्ने गर्छन ।