नेपाल एइरलाईन्सद्धारा सिमकोट सुर्खेत उडान रद्ध गर्दा यात्रु मर्कामा

सिमकोट बिमानस्थलमा नेपाल एयरलाईन्स । तस्बिर ः सि.टा.

सि.टा.समाचारदाता
सिमकोट । नेपाल एयरलाईन्सले दुई हप्तादेखि सिमकोटदेखि सुर्खेत र सुर्खेतदेखि सिमकोटको उडान रद्ध गर्दै आएको छ । सोमबार भिआईपीहरुले नेपालगंजबाट जुम्लाको उडान राख्न लगाएपछि सिमकोट सुर्खेतको उडान रद्ध भएको हो ।सिमकोटबाट सुर्खेत जाने यात्रुहरुलाई टिकट बितरण गरि सकेको अवस्था भएपनि उडान रद्ध भएको नेपाल एयरलाईन्स सिमकोटका प्रमुख छिरिङ लामाले बताए ।

टिकट र बोडिङ पास समेत दिई सकेको अबस्था सिमकोटबाट सुर्खेत उडान रद्ध भएपछि यात्रुहरु सिमकोट मै रोकिनु परेको छ भने सुर्खेतबाट सिमकोट आउने यात्रुहरु पनि सुर्खेत मै रोकिएका छन् । सोमबार सिमकोट सुर्खेतको उडान रद्ध गर्नुको कारण भने नेपालगंजबाट जुम्ला जाने भिआईपीको कारण रहेको छ ।

यसरी नेपाल एयरलाईन्सले सिमकोट सुर्खेत उडान अघिल्लो सोमबारबाट रद्ध गर्दै आएको छ । अघिल्लो सोमबार सुर्खेतको मौसमको कारण उडान रद्ध गर्नु परेको नेपाल एयरलाईन्सले जनाएको छ । सोमबार सुर्खेतका लागि टिकट लिएका यात्रुहरुलाई मंगलबार नेपालगंज पठाईने भएको छ । एक उडान भने हुम्लाका लागि रद्ध भएको छ ।

हाल हुम्लामा यात्रुहरुलाई टिकट पाउन निक्कै शास्ती खेप्नु परि रहेको छ । गत कातिक १९ गतेबाट टिकट नपाएर सिमकोट रोकिएका यात्रुहरु समेत रहेका छन् ।