कर्णाली करिडोरको हुम्ला खण्डको खच्चा सडक अवरुद्ध

सि.टा. समाचारदाता

सिमकोट ।         कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ । बुधबार सडक माथिबाट आएको सुख्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको हुन ।

माथिबाट खसेको सुख्खा पहिरोको कारण खच्चा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । दश मिटर माथिबाट आएको सुख्खा पहिरोले सडक पुरेको र सो पुरेको माटो र ढुङ्गा पन्छाउने कार्य हुन नसकेको कारण यतिबेलासम्म सडक अवरुद्ध रहेको हो ।

पहरो खसेको केही समयपछि सानो खाले जेसिभी ल्याउदा त्यसले पहिरो पन्छाउन नसकिएको कारण अहिले ठुलो जेसिभीको खोजी कार्य भई रहेको छ । सो मेशिनको भेटाएपछि बल्ल पहिरो गएको स्थानमा पुग्ने र त्यसपछि सख्खा पहिरो पन्छाएपछि सडक सुचारु हुने प्रहरीले जनाएको छ । तर पहिरो कतिबेला पन्छाउन सकिन्छ भन्ने एकिन भएको छैन ।

यसबाट माथिल्लो हुम्लाका पाँच वटा गाउँपालिका आउने यातायातका साधन खच्चामा रोकिएका छन भने तल जाने यातायातका साधन पनि खच्चा र सर्केगार्डमा रोकिएका छन् । पटक पटक सो स्थानमा सुख्खा पहिरो खसी रहने गरेको छ ।