सि.टा.समाचारदाता
सिमकोट । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको झपटका लागि गृह मन्त्रालयले गठन गरेको जाँचबुझ समितिको टोली दुई जिल्लाको सिमाना कवाडी हुँदै लाम्पाटातर्फ लागेकोे छ ।
सो घटनाको यथार्थ कुरा बुझ्नका लागि प्रहरी बरिष्ट उपरिक्षकको ( एसएसपी ) नेतृत्वमा सुर्खेतबाट कोल्टी हुँदै आएको टोली बुधबार बिहान कवाडीमा आई त्यसतर्फ लागेको हो ।
घटनाको यथार्थको बुझ्नका लागि गृह मन्त्रालयले गठन गरेको प्रहरी बरिष्ट उपरिक्षक बिमलराज पौडेल नेतृत्वको टोली दुई जिल्लाको सिमाना कवाडी हुँदै लाम्पाटातर्फ लागेको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए । जाँचवुझ टोलीमा एक जना प्रहरी नायव उपरिक्षक र दुई जना प्रहरी निरीक्षक रहनु भएको छ ।
सो टोली कवाडीबाट झडप भएको स्थान लाम्पाटातर्फ बुधबारै लागेको छ । चाँडोमा घटनास्थलमा सो टोली बिहीबार नभए शुक्रबार बिहानसम्म मात्र पुग्ने छ । निक्कै उकालो र जङ्गलको बाटो भएको कारण पैदल यात्रा गर्दा समय लाग्ने छ ।
यता घटनाका सम्वन्धमा दुई जिल्लाका दश दश जना साँचीहरु समेत लाम्पाटा तर्फ लागेका छन् । हुम्ला जिल्लवाट खार्पुनाथ गाउँपालिका– २ को थाली गाउँका पाँच जना र सर्केगार्ड गाउँपालिका– ३ को रिप गाउँबाट पाँच जना घटनास्थलतर्फ लागेका छन् ।
त्यस्तै लाम्पाटा घटनाका पिडितसंग पनि टोलीले कुरा बुझ्ने भएको छ । सीमा विवादले उग्र रुप लिदा लाम्पाटामा दुई जिल्लाका स्थानीयविच झडप नै भएको थियो ।
त्यसपछि भने दुवै जिल्लाका सुरक्षाकर्मीहरुलो सो स्थानमा खटिदै आउनु भएको छ । उक्त घटनामा चार जना घाईते हुनु भएको थियो । घाईते चारै जनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।























