सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सासद जयपति रोकायाले जिल्लाका धेरै वस्तीहरु अहिले पनि सल्लाको दियालो बालेर उज्यालो गर्न बाध्य भएको बताएका छन् । उनले बुधबारको प्रतिनिधि सभाको बैठकको सुन्ने समयमा सो कुरा बताएका हुन ।
बुधबारको संसदको सुन्ने समयमा सांसद रोकायाले भन्नलाई नेपाल लोड सेडिङ मुक्त देश भन्छौ तर बिडम्वना हुम्ला जिल्लावासी जो अहिले पनि आठ घण्टा दैनिक लोड सेडिङको समस्या भोग्दै आएको बताएका छन ।
यो सदरमुकाम रहेको सिमकोट र खार्पुनाथ गाउँपालिकाका केही वडाको समस्या भएको उनको भनाई थियो । अहिले पनि जिल्लाका धेरै बस्ती सल्लाको दियालो ( झरो ) बाल्न बाध्य भएको कुरा उनले संसदमा सुनाएका थिए ।
यो समस्या समाधान गर्नका लागि नेपाल बिधुत प्राधिकरणले हुम्लालाई राष्ट्रिय प्रशारण लाईनमा यसै आवको असार मसान्तसम्म जोड्ने गरि ठेक्का लगाएको अवस्था भएपनि आजका मितिसम्म पनि प्रशारण लाईन भएको क्षेत्रमा पोल गाड्ने र तार जडान गर्ने कार्य हुन नसकेको कुरा उनले संसदलाई जानकारी गराएका थिए । त्यसैले यस्तो अवस्थामा कसरी अव असारसम्म राष्ट्रिय प्रशारण लाईन जोडिएला भनेर प्रश्ना समेत राखेका थिए ।
अर्को कुरा असार मसान्तसम्मै सदरमुकाम सिमकोटका लागि नौ सय उनानसय किलोवाटको सोलार ग्रीड निर्माण गर्ने गरि ठेक्का लागेको धेरै भई सकेको तर आजसम्म सोलारका सामाग्रीहरु जिल्लामा पुग्न नसकेको उनले बताए ।
सो ग्रीड स्थापना गर्ने स्थानमा संरचना निर्माणको कार्य समेत सुरु नभएको र प्राप्त जानकारी अनुसार ग्रीड स्थापना गर्ने स्थानमा सडक निर्माणका लागि पहिले गरिएको लोकेशन परिवर्तन गर्नु पर्ने अवस्था रहेको कारण प्राविधिक रुपमा उक्त लोकेशन परिवर्तन गर्न भेरियसन सहितको इष्टिमेटको फाईल पनि खडा भएर प्राधिकरणको कार्यकारी अधिकृतको टेवलमा पुगेको भएपनि हालसम्म सो अगाडी नबढेको उनले दुःख ब्यक्त संसदमा गरे ।
तर त्यसमा उनले केही समय अगाडी प्राधिकरणको कार्यकारी अधिकृत परिवर्तन भएको कारण सो फाईल अगाडी नबढेको कारण यो कार्य पनि अगाडी बढ्न नसकेको अवस्था रहेको बताए ।
यस्तो अवस्थामा उज्यालो नेपालको परिकल्पना कसरी साकार होला भन्दै सासद रोकायाले सभामुख मार्फत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।























