राप्रपाबाट शाहीको उम्मेदवारी दर्ता

सि.टा. समाचारदाता
सिमकोट । आागमी मंसीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगिता शाहीले पनि उम्मेदवारी दर्ता गरेकी छन् । सो पार्टीले चाैथाे  नम्बरमा उम्मेदवारी दर्ता गरेको हो ।
सो पार्टीका केन्द्रीय सदस्य कालीबहादुर शाही र जिल्ला अध्यक्ष बिकास महतको नेतृत्वमा उम्मेदवारी दर्ता गर्ने कार्य भएको हो ।