अन्तर विद्यालय स्तरीय फुटवल प्रतियोगिता सुरु

उद्घाटन खेलको तयारी । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । जिल्ला स्तरीय अन्तर विद्यालय फुटवल प्रतियोगिता मंसीर बिहीबारबाट सुरु भएको छ । सो प्रतियोगिता आयोजक हुम्ला फुटबल ऐकेडेमीले बिहीबार तीन बजेबाट सुरु गरेको हो ।
लिटिल एन्जल्स स्वर्गीय भुपेन्द्र रावतको स्मृतिमा उक्त प्रतियोगिता आयोजना सुरु भएको ऐकेडेमीका अध्यक्ष बिष्णु रावतले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई फुटबल प्रति झुकाव राख्नका लागि यो प्रतियोगिता आयोजना गरिएको उनले बताए । यो प्रतियोगिता अन्डर ११, १३ र १७ वर्ष मुनिका विच हुनेछ । प्रतियोगितामा अण्डर १७ मा पाँच वटा र अण्डर १३ मा चार टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाट खेल अहिले सीता माविका बिरुद्ध मानसरोवर माविको खेल सञ्चालन भई रहेको छ । विद्यालय स्तरीय सो प्रतियोगिता दोस्रो पटक हुन लागेको हो । यसअघि अदानचुली गाउँपालिकामा गतवर्ष यस्तै प्रतियोगिता सञ्चालन भएको थियो ।