सि.टा. समाचारदाता
सिमकोट । जिल्ला स्तरीय अण्डर १३ अन्तर विद्यालय स्तरीय फुटवल प्रतियोगिताको फाईनल खेलमा कैलाश बोधी आवासीय विद्यालय विजेता भएको छ । आईतबार भएको फाईनल खेलमा सो विद्यालय बिजेता भएको हो । अण्डर १३ को फाईनलमा कैलाश धोबीले बालमन्दिर माविबाट बिजेता भएको छ ।
निर्धारित खेलमा बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पहिले चरणमा पाँच पाँच जनाले बराबरी गोल गरेपनि खेल अझै रोचक लयमा गएको थियो । फुटबलको नियम अनुसार खेल सडेज गेजमा गएको थियो । जसमा कैलाश बोधी गोल हाल्न सफल भएको थियो भने बालमन्दिर चुकेको थियो । अहिले खेल मैदानमा अण्डर १७ को फाईनल खेल चली रहेको छ ।

प्रतियोगिताको फाईनल खेल आईतबार एक बजेबाट हुनेछन् । सो प्रतियोगिता गत बिहीबार सुरु भएको थियो ।
लिटिल एन्जल्स स्वर्गीय भुपेन्द्र रावतको स्मृतिमा उक्त प्रतियोगिता हुम्ला फुटवल ऐकेडेमीले आयोजना गरेको हो । प्रतियोगितामा अण्डर १७ मा चार वटा र अण्डर १३ मा चार टिमको सहभागिता रहेको थियो ।
सडेन गेज ।
























