अण्डर १७ मा बालमन्दिर मावि विजेता

बालमन्दिर र कैलाश बोधीका बिच फाईनल खेल हुने तयारीमा । तस्बिर ः सि.टा.

सञ्चार समाचारदाता
सिमकोट । विद्यालयको जिल्ला स्तरीय फुडबल प्रतियोगिताको अण्डर १७ मा बालमन्दिर मावि बिजेता भएका छन् । विद्यालय स्तरीय फुटवल प्रतियोगिताको फाईनल खेलमा दुर्वै विद्यालय विजेता भएको हुन ।

आईतबार भएको फाईनल खेलमा उक्त विद्यालय बिजेता भएको हुन । अण्डर १७ को फाईनल प्रतियोगितामा बालमन्दिर मावि बिजेता भएको छ भने मानसरोवर मावि उपविजेता भएको छ । निर्धारित खेलमा सुन्नेका बिरुद्ध एक गोल गर्दै बालमन्दिर बिजेता भएको हो ।

प्रतियोगिताका उत्कृष्ट किपरमा बालमन्दिरका आयुस मल्ल, उत्कृष्ट मिट फिल्डरमा बालमन्दिर कै प्रकाश बोहरा, उत्कृष्ट स्टाईकरमा बालमन्दिर कै प्रेम भण्डारी भएका छन् ।

बिजेता टिमलाई कप, खेलाडीलाई मेडल र अन्य उम्तृष्ट खृलाडीलाई कप प्रदान गरिएको थियो । यी पुरस्कार तथा कपहरु जिल्ला समन्वय समितिकी सदस्य सरिता रावत, स्वर्गीय भुपेन्द्र रावतका वुवा नैनसिंह रावत, बालमन्दिर माविका प्रधानाध्यापक कैलाश रोकाया, पत्रकार महासंघका अध्यक्ष राजन रावत लगाएतले प्रदान गरेका थिए ।

सो प्रतियोगिता गत बिहीबार सुरु भएको थियो । लिटिल एन्जल्स स्वर्गीय भुपेन्द्र रावतको स्मृतिमा उक्त प्रतियोगिता हुम्ला फुटवल ऐकेडेमीले आयोजना गरेको हो ।

प्रतियोगितामा अण्डर १७ मा चार वटा र अण्डर १३ मा चार टिमको सहभागिता रहेको थियो । यो प्रतियोगिता वर्षेनी सञ्चालन गरिने ऐकेडेमीका अध्यक्ष विष्णुबहादुर रावतले जानकारी दिए ।