सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा साप्ताकि पत्रिकाको रुपमा प्रकाशन हुँदै आएको सिमकोट टाईम्स अनलाईन संस्करण पनि औपचारिक रुपमा प्रकाशन सुरु भएको छ । हुम्ला जिल्लाबाट प्रकाशित हुने सिमकोट टाईम्सको अनलाईन सस्करणको औपचारिक रुपमा कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवन बहादुर शाहीले उद्घाटन गरेपछि यसको प्रकाशन सुरु भएको हो ।
होटेल विजयमा एक कार्यक्रमको आयोजना गरि उद्घाटन कार्यक्रम गरिएको हो सो कार्यक्रममा नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिका सदस्य शाहीले भविष्य राम्रो देखिएको अनलाईन पत्रकारिता क्षेत्र सत्य र तथ्यमा आधारित भएर आउन आवश्यक रहेको बताए ।
हुम्ला जिल्लाबाट प्रकाशित हुने सिमकोट टाईम्सको अनलाईन सस्करणको औपचारिक रुपमा उद्घाटन गर्दै नेता शाहीले सो कुरा बताएका हुन । यसअघि परिक्षणका रुपमा प्रकाशन हुँदै आएको सिमकोट टाईम्सको अनलाईनस सस्करणको उद्घाटन गर्दै नेता शाहीले अब भविष्य अनलाईन पत्रकारिताको रहेको तर यसलाई प्रकाशन गर्दा बिशेष ध्यान दिन आवश्यक रहेको बताए । अनलाईनमा जाने बित्तिक्कै कुनै पनि विषयका समाचार संसारका मानिसले हेर्ने र स्क्रीन सट गर्न सक्ने भएको कारण यसमा आउन कुनै पनि विषयका समाचारहरु बिस्वसनीय रुपमा हुनु पर्ने उनले बताए ।
उनले अनलाईनमा आउने समाचारहरु फलानोले त्यो विषयमा के लेख्यो भन्ने किसिमले बनाउन आवश्यक रहेको बताए । अहिले अनलाईन पत्रिकाहरु हतारमा बिशेष गरि दुर्घटनाका विषयमा हतार गर्ने प्रशारण गर्ने तर पछि बिबरण फरक पर्ने गरेको देखिनु सामान्य जस्तै भएको देखिनु त्यो राम्रो नभएको उनले बताए । कार्यक्रममा अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहले बिस्वसनीय समाचार दिन र जिल्लाका हरेक विषयलाई प्राथमिकता दिन सञ्चारकर्मीहरुलाई आग्रह गरे । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले खेदो मात्र खन्नेृ भन्दा पनि सत्य र तत्थ्यमा आधारित समाचार दिनु पर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले पत्रकारितामा एविसी सवै भन्दा महत्वपुर्ण विषय भएको र त्यसलाई ख्याल गर्न आग्रह गरे । सो कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रोकाया, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामा, ताँजाकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापा लगाएको उपस्थिती रहेको । उक्त अनलाईन गत असोज महिनाबाट परिक्षणका रुपमा प्रकाशन हुँदै आएको थियो ।












