सि.टा . समाचारदाता
सिमकोट । हेल्थ अस मेडिकल सेन्टरले एक जना बिरामीलाई आर्थिक सहयोग गरेको छ । न्यून आर्थिक श्रोत भएको बिरामीलाई उपचारमा सहयोग पुर्याउनका लागि आर्थिक सहयोग गरिएको हो ।
सिमकोट गाउँपालिका– २ को ठेहे निवासी गृमे दमाईको छोरा नरजन दमाईलाई आर्थिक सहयोग गरिएको हेल्थ अस हुम्लाका प्रमुख नारायण फडेराले बताए । बिरामी दमाईलाई हाईड्रोशिसको बिराम लागेको थियो ।
उपचारमा सहयोग गर्न बिरामी दमाईले अनुरोध गरेपछि सेन्टरले तीस हजार रुपियाँ आर्थिक सहयोग गरेको हो । घरको आर्थिक अवस्था निक्कै कमजोर रहेको कारण आर्थिक सहयोग गरिएको उनले बताए ।
यसअघि पनि सेन्टरले बिरामीहरुलाई जिल्ला बाहिर उपचार गर्न आर्थिक सहयोग गर्दै आएको थियो भने आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निशुल्कदेखि सहुलियतमा औषधी सहयोग गर्दै आएको छ ।
सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाका स्वास्थ्सं स्थाहरुलाई पनि औषधी तथा सामाग्री सहयोग गर्दै आएको छ । सेन्टरका फाउण्डरका रुपमा डा. हर्कसिंह भण्डारी रहेका छन् । विगत सात वर्षदेखि सेन्टरले काम गर्दै आएको छ ।
















