सि.टा. समाचारदाता
सिमकोट । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुुलमान घिसिङलाई बिहीबारको मन्त्रिपरिषदले हटाउने तयारी गरेको छ । कार्यकारी निर्देशकबाट घिसिङ हटाउन अनेकौ तिकडम गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दीपक खड्काले उर्जा विज्ञ बनाएर उनलाई अन्यत्र सरुवा गर्न लागिएको हो ।
नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर कुनै निकायको विज्ञका रुपमा पदस्थापन गरिनेछ र त्यहाँ ओलीको चाहना अनुकुलका व्यक्तिलाई मन्त्रिपरिषदले नियुक्त गर्नेछ । गत असार अन्तिममा सत्तारोहण गरेका ओली घिसिङलाई हटाउन एक सुत्रीय एजेण्डा बोकेर हिँडेका छन्।
तर प्राधिकरणका भ्रष्टाचार भएको भन्दै छानबिनका लागि आयोग नै गठन गरे पनि नियुक्त पूर्वन्यायाधीशले काम गर्न अस्वीकार गरेपछि ओली विफल भएका थिए। घिसिङलाई निरुत्साहित गर्न सरकारले पटक पटक प्रष्टिकरण सोध्दै आएको छ ।
यसअघि २०७८ साउन २५ गते तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले तत्काकालीन कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई उर्जा आयोगको विज्ञ बनाएर प्राधिकरणबाट बिदा गरेको थियो।
रिक्त पदमा घिसिङ दोस्रो कार्यकालका लागि निर्देशकमा नियुक्त भएका थिए। संभवत प्रधानमन्त्री ओलीले यहीँ तरिका अपनाएर घिसिङलाई बिहीबारको नियमित मन्त्रिपरिषदबाट धपाउने तयारी गरेका हुन्।















