हक्की खेलाडीलाई स्वागत

फोटो क्याप्सन हक्की खेलाडीलाई सिमकोट बिमानस्थलमा स्वागत गरिदै । तस्बिर सि.टा

सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा आई पुगेका तीन जना हक्की खेलाडीहरुलाई सिमकोट बिमानस्थलमा स्वागत गरिएको छ । मेलसियामा सञ्चालन भएको अण्डर– १६ हक्की प्रतियोगितामा हुम्ला जिल्लाका खेलाडीहरुले सहभागिता जनाएर फिर्ता भएपछि हक्की सङ्घले स्वागत गरेको हो ।

हक्की संघ हुम्लाका अध्यक्ष राजन रावतका अनुसार अन्तराष्ट्रिय अण्डर– १६ हक्की प्रतियोगितामा हुम्ला जिल्लाबाट तीन जना खेलाडी छनौट भएर सो प्रतियोगितामा सहभागिता जनाएर उत्कृष्ट खेल प्रर्दशन गर्दै स्वदेश फर्किएर जिल्लामा आई पुगेपछि स्वागत गरिएको हो ।

यो प्रतियोगितामा नेपाली खेलाडीका रुपमा सिमकोट गाउँपालिका– २ की तुलसी बोहरा, रोसन परियार र शुसान्त रोकाया छनौट जानु भएको थियो । प्रतियोगितामा नेपालले आठ वटा खेल खेलेर आट वटामा बिजयी हुँदै फाईलनमा जाम्वियासंग पराजित भएर प्रतियोगिताको दोस्रो स्थान हुन सफल भएको थियो ।