लोग भण्डारी
सिमकोट । जिल्लाका तीन वटा सरकारी कार्यालयहरुले सार्वजनिक सुनुवाई कार्यक्रम सुरु भएको छ । आर्थिक वर्ष ०८०।०८१ देखि हालसम्म ती कार्यालयहरुले सम्पादन गरेका कार्यक्रमका बारेमा सेवाग्राहीलाई जानकारी गराउनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
आव ०८०।०८१ देखि पुस १५ गतेसम्म कार्यालयहरुले सेवाग्राहीका लागि सम्पादन गरिएका कामको लेखाजोखा गर्न बुधबार दिउसो १ बजे सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । जिल्ला समन्वय समितिमा सो कार्यक्रमको आयोजना गरिएको सो कार्यक्रम जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा कार्यालय र मालपोत कार्यालयको सम्युक्त आयोजनामा कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा तीनै कार्यालयहरुले हालसम्म गरेका कामहरुको प्रगति बिबरण प्रस्तुती गर्ने छन् भने सेवाग्राहीहरुले आफुलाई लागेको कुरा राख्न पाउने ब्यवस्था गरिएको छ । कार्यक्रममा अन्य सेवा प्रदायक कार्यालयलाई पनि बोलाईएको छ । ती कार्यालयहरुका बारेमा सहभागीहरुले जिज्ञासा राख्ने ब्यवस्था गरिएको छ ।
कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, समन्वय समितिकी सदस्य दिफा भण्डारी, नेपाली काँग्रेसकी कोषध्यक्ष बबिता शाही, एमाले उपाध्यक्ष प्रकाशबहादुर शाही, माओवादी सचिव धर्मराज बोहरा, राप्रपा अध्यक्ष बिकास महत लगाएत कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
















