सि.टा. माचारदाता
सिमकोट । सिमकोट हिल्सा सडकको सिमकोट गाउँपालिका– ७ को धारापोरी क्षेत्रको सडकको भिट्टातर्फ प्लम्प कङ्क्रीट गाह्रो लगाउने कार्य भएको छ । सडकको माथिल्लो भागबाट वर्खामा पहिरो र हिउदमा सुख्खा पहिरो बारम्बार खस्न थालेपछि उक्त गाह्रो लगाउन सुरु गरिएको हो ।
धारापोरी गाउँको ठाडो ढुङ्गामा गएको सुख्खा पहिरो रोक्नका लागि नयाँ प्रबिधिको प्लम्प कङ्क्रीट गाह्रो लगाउने कार्य सुरु भएको निर्माण कम्पनी दाप्चा जेभीले जनाएको छ । गत का लागत ईष्टिमेटमा खासगरि सो क्षेत्रमा उक्त गाह्रो निर्माणको कार्य थिएन ।
गत कातिक १२ गते बेलुका एक्कासी सुख्खा पहिरो जाँदा दुई महिनासम्म सो खण्डको सडक पहिरोमा पुरिएको थियो । यद्यपि सो स्थानमा भने सो गाह्रो लगाउने कार्य भएको छैन । सुख्खा पहिरोबाट तीन सय मिटर सडक पुरिएको थियो । एक सय मिटर माथिबाट सुख्खा पहिरो खसेको थियो ।
ती हप्ता अगाडीबाट निर्माण कम्पनीले पहिरोमा पुरिएको सडकको मर्मत कार्य सुरु गरेको थियो । हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले उक्त क्षेत्रको पहिरो र सुख्खा पहिरो रोक्नका लागि प्लम्प कङ्क्रीट गाह्रो आवश्यक देखिएको कारण हाल गाह्रो लगाउने कार्य तीब्र रुपमा भई रहेको बताए ।
यसको स्थायी समस्या समाधानका लागि उक्त गाह्रो लगाउनुको अर्को बिकल्प आयोजनासंग नभएको होे । केही असजिलो स्थानमा भने ग्याविन लगाईनेछ । सिमकोट हिल्सा सडकको ताग्रु खोलादेखि सरिमासम्मको नौ किलो मिटर सडकको स्तरोन्नती कार्य पुस मसान्तसम्म सम्पन्न गर्नु पर्ने भएपनि सुख्खा पहिरोको कारण निर्धारित मितिमा काम सम्पन्न गर्न कठिन देखिएको छ ।












