सि.टा. समाचारदाता
सिमकोट । सरकारले देशभरका विभिन्न स्थानीय तहमा निमित्त भइ कामकाज गरिरहेका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ।सरकारको निर्णयसँगै देशभरका १३ स्थानीय तहमा आर्थिक र प्रशासनिक अधिकार लिएर निमित्त बनेकाहको जिम्मेवारी रद्द भएको छ ।
मन्त्रीस्तरीय निर्णय बिहीबारबाट कार्यान्वयनमा ल्याइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएमो छ ।
यसवाट अव धनुषा, सप्तरी, सिरहा, महोत्तरी, मुगु, अछाम, जाजरकोट, खोटाङ, बझाङ र हुम्ला लगायतका नगरपालिका र गाउँपालिकामा झण्डै ८ महिनादेखि निमित्तकै भरमा कामकाज भइरहेको थियो ।
पदीय दुरुपयोग हुन थालेपछि त्यसलाई रोक्न यस्तो निर्णय गरिएको मन्त्री गुप्ताले बताए। ‘हामीले देशभरका १३ जना निमित्तलाई हटाईएको हो । यसअघिका मन्त्रीले राख्न दिएकालाई अहिले नयाँ मन्त्री मन्त्रालयमा आए लगत्तै एउटा नीतिगत निर्णय गरेका गिरिएको छ ।
सकभर निमित्त नदिने, दिनै परे सिनियरलाई दिने ब्यवस्था समेत गरिएको छ । के चलन चलाएछन् भने सिनियरबाट म चलाउन सक्दिन भनेर लेखाइदिने, अनि सिनियरभन्दा ६÷७ जना तलको कर्मचारीलाई दिने हालको चलनलाई अव हटाईएको छ । यसबाट हुम्लाका सिमकोट, अदानचुली र ताँजाकोट गाउँपालिकाका निमित्तहरु हट्नेछन् ।



















