सि.टा.समाचारदाता
सिमकोट । नेपाली कांग्रेसले ७७ जिल्लाका सभापति र उपसभापतिहरुलाई प्रशिक्षण दिने भएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दुई दिने कार्यक्रम राखेर जिल्ला सभापति र उपसभापतिहरुलाई प्रशिक्षण प्रदान गर्न लागेको हो ।
२२ र २३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय भएको छ । प्रशिक्षणमा केन्द्रबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरु उपस्थित हुने कार्यक्रम तय भएको छ ।
स्रोत व्यक्तिका रुपमा प्रशिक्षण विभागका अन्य सदस्यहरु पनि सहभागी हुने भएका छन् । प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमका लागि प्रत्येक जिल्लाका सभापति र उपसभापति गरि तीन जनाको सहभागी हुनेछन् ।











