महिला राष्ट्रिय फुटवल खेलाडी शाही सम्मानीत

फोटो क्याप्सन महिला फुटबल खेलाडी शाहीलाई सम्मान गर्दै पुर्वमुख्यमन्त्री शाही । तस्बिर ः सौजन्य, पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको फेसबुक वालबाट ।

सि.टा. समाचारदाता
सिमकोट । नेपाली महिला राष्ट्रिय फुटबल खेलाडी हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका– ५ निवासी दिपा शाही सम्मानीत भएकी छन् । नेपाल बिधार्थी संघ हुम्ला काठमाडौं सम्पर्क समितिले दुर्गम जिल्लामा जन्मेर पनि खेल क्षेत्रमा देशका लागि पुर्याएको योगदानबाट समितिले आईतबार उनको सम्मान गरेको हो ।

महिला राष्ट्रिय फुटवल खेलाडी शाहीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको महत्वपूर्ण सदस्यको रुपमा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय फुटबल प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्दै देशलाई रजत पदक दिलाउन र हुम्ला जिल्लासहित सिंगो देशको नाम विश्व जगतमा चिनाउन तथा फुटबल खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्ने कार्य गरिएको सम्पर्क समितिका अध्यक्ष अंगबहादुर सिंहले जानकारी दिए ।

शाही महिला फुटबलकी चर्चित खेलाडी पनि हुन । उनलई आईतबार सम्पर्क समितिले काठमाडौंको कमलादीमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । उनले कर्णली प्रद्रेश सरकारका पुर्बमुख्यमन्त्री एवं प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलको नेता जीवन बहादुर शाहीले दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै उनको सम्मान गरेका थिए ।