साँता आगलागी र न्यून आयश्रोत भएकाहरुका लागि सिरक बितरण हुने

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ८ को साँताका आगलागी पिडितहरुलाई न्यानो सिरक बितरण गरिने भएको छ । सत्य शाही केन्द्र हुम्लाको समन्वयमा सिरक बितरण गर्न लागिएको हो ।

केही समय अगाडी आगलागी भएका घर नष्ट भएका र आगलागीबाट घरमा क्षेती पुगेका साँता गाउँका आगलागी पिडितलाई सिरक बितरण गरिने भएको छ । सत्य शाही केन्द्र काठमाडौंको आर्थिक सहयोग, नेपाली काँग्रेस हुम्लाका उपसभापति बसन्त रोकायाको समन्वय र सत्य शाही केन्द्र हुम्लाको आयोजनामा ती सिरक बितरण गर्न लागिएको हो ।

त्यसैगरि अन्य सिमकोट गाउँपालिकाका न्यून आर्थिक श्रोत भएकाहरुलाई पनि सिरक बितरण गरिनेछ । सत्र वटा सिरक बितरणका लागि सत्य शाही केन्द्र हुम्लामा आई पुगेका छन् । माघ २१ गते दिउसो ११ बजे सिमकोटस्थित काठेचुलीमा सिरक बितरण कार्यक्रम राखिएको छ । आगलागी पिडित र अन्य न्यून आर्थिक श्रोत भएकाहरुलाई सो कार्यक्रममा बोलाईएको छ ।