तरकारीको मुल्य सस्तियो

फोटो क्याप्सन जिल्ला बाहिरबाट आयात हुने तरकारीको पसल सिमकोटमा । तस्बिर ः सि.टा., हुम्ला

लोग भण्डारी
सिमकोट । हुम्लामा तरकारीको मुल्य सस्तिएकोे छ । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने खार्पुको दोजाम कर्णाली नदीमा पानीको वहाव घटेपछि मालवहाक गाडीहरु नदी तरेर सदरमुकाम सिमकोटसम्म सिधै आउन थालेपछि तरकारीको मुल्य घटेको हो ।

सिमकोट बजारकी लक्ष्मी ऐडीले बजारमा तरकारीको भाउ सस्तिएको बताईन । जिल्ला बाहिरबाट आयात हुने सबै प्रकारको तरकारीको मुल्य घटेको बताउदै उनले यसवाट उपभोक्तालाई राहत मिलेको बताईन ।

गत वर्षको तुलनामा यसवर्ष एक सय प्रतिशत मुल्य तरकारीमा घटेको बताउदै उनले यसबाट उपभोक्ताको भान्सा पनि सस्तिएको बताईन । गत मङ्सीर महिनायता पनि जिल्ला बाहिरबाट आयात हुने सबै प्रकारको तरकारीको मुल्य प्रतिकेजी बीस देखि पचास रुपियाँसम्म घटेको छ ।

सिमकोट बजारमा होलसेल र खुद्रामा तरकारी बिक्री गर्दै आउनु भएका रिदम फ्रेस हाउस तथा जनरल स्टोरका सञ्चालन नरेन्द्र शाहीले प्रतिश्प्रधात्मक बजारको कारण तरकारीको मुल्य सस्तिएको बताए ।

यतिबेला तरकारीको मुल्य घट्नुको मुल्य कारण नेपालगंज र सुर्खेतमा तरकारीको मुल्य घट्नु र कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउपालिका– ५ को दोजाम कर्णाली नदीको पानीको बहाव घटेको कारण सामान लोड भएको ठुला सवारी साधन सिधै सिमकोटसम्म आउने भएको कारण रहेको हो ।

तरकारीको मुल्य घटेको भन्दा उपभोक्ता नै अचम्म मान्ने बताउदै उनले यो सवै सडक जोडिनु मुल्य कारण रहेको बताए । तरकारीको ब्यापार गर्ने ब्यापारी पनि बढी भएको कारण प्रतिश्प्रर्धाले गर्दा पनि मुल्य सस्तिएको हो । यतिबेला सिमकोट बजारमा प्याज खुद्रामा प्रतिकेजी १५० रुपियाँ, गोलभेडा प्रतिकेजी सत्तरी रुपियाँ, अदुवा र लसुन प्रतिकेजी चार सय रुपियाँ, हरियो खुर्सानी प्रतिकेजी २५० रुपियाँ, बन्दा प्रतिकेजी १३० रुपियाँ मुल्य रहेको छ ।

त्यसैगरि काउली प्रतिकेजी १३०, काक्रो प्रतिकेजी २०० रुपियाँ, गाँजर प्रतिकेजी २५० रुपियाँ, लौका प्रतिकेजी १५० रुपियाँ र फर्सी प्रतिकेजी १५० रुपिया मुल्य रहेको छ । यसमा सबै तरकारीको होलसेल मुल्य प्रतिकेजी बीसदेखि पचास रुपियाँ सस्तो रहेको छ । हिउदमा ह आलु र साग मात्र स्थानीय तरकारी पाउने गर्छ । तरकारीको मुल्य सिमकोटबाट दक्षिणीमा दरी अनुसार क्रमश कम पर्ने गर्छ ।