सि.टा समाचारदाता
सिमकोट । पाठे घरको मुखको क्यान्सर विरुद्धको खोप अभियानमा सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले अभिुमखीकरण गरेको छ । जिल्लामा फागुन १८ गतेबाट सो अभियान सुरु हुने खोप अवधिभर यति किशोरीलाई खोप लगाउने कार्य हुने भएको हो ।

जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मी र अन्य सरोकारवाला पक्षर्लौ एचपिभी खोप अभियान बारे जानकारी दिने कार्य भएको स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए । सिमकोट गाउँपालिकाका तेह्र वटा खोप केन्द्र रहेका विद्यालय र पाँच वटा स्वास्थ्य संस्थाहरु ठेहे, बरगाउँ, डाँडाफया, स्याँडा स्वास्थ्य चौकी र माथिल्लो गाउँ आधारभुत स्वास्थ्य सेवा केन्द्रमा लक्षित वर्गका किशोरीको खोप लगाउने कार्य हुनेछ । जसमा कक्षा छ देखि दश सम्ममा ७०४ र दशदेखि १४ वर्ष उमेरका ३४ जना किशोरीहरु जो विद्यालय बाहिर रहेकी छन । ७३८ जना लक्षित किशोरीलाई खोप लगाउने कार्य हुने छ
उनीलाई लोप लगाउने कार्य हुने छ ।
यसका लागि स्वास्थ्यकर्मी, स्वयम सेविका र शिक्षक छनौट गर्ने कार्य भई रहेको छ । यो अभियान जिल्ला कै लागि सिमकोट गाउँपालिकाको बालमन्दिर माविबाट सुरु हुनेछ । र फागुन २९ गते सम्म खोप लगाउने कार्य हुनेछ । नाम्खा गाउँपालिकामा भने पछि सञ्चाmन हुनेछ ।
खोप सुरक्षित हुन्छ, खोप निशुल्क पाईन्छ र खोपले जीवन रक्षा गर्न भन्ने आर्दश बाक्यको स्लोगन पनि अभियानका क्रम प्रचार गर्ने पोष्टरमा राखिएको छ । कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले यसलाई अभियानका रुपमा लागेर सहयोग गर्नुपर्ने बताए ।
खोप बिरुद्ध चालिएका हल्लाहरु निराधार भएको बताउदै विद्यालय बाहिर रहेका किशोरीलाई खोजी खोजी खोप लगाउने कार्यमा सवै लाग्नु पर्ने बताए । उपाध्यक्ष शुशिला रोकाया भामले राज्य ठुलो लगानी गरेर अभियान सञ्चालन गरि रहेको बेला स्थानीय स्तरमा पनि सवैको सहयोगको आवश्यक्ता रहने बताई । किशोरीलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाउने कार्य सकरात्मक रहेको उनले बताई ।
मानसरोवर नमूना माविका प्रधानाध्यपक अमरबहादुर शाहीले विद्यालय यो राष्ट्रिय अभियानमा सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा प्रमुख भण्डारीले खोपको अवस्थाका बारेज प्रस्तुतीकरण गरेका थिए ।
















