लोग भण्डारी
सिमकोट । स्थानीय तह संस्थागत क्षेमता स्वमुल्याङ्कन ( लिजा ) र वित्तिय सुशासन जोखिम मुल्याङ्कनमा (एफआरए) जिल्लाका सात मध्य सिमकोट गाउपालिका उत्कृष्ट ठहरिएको छ । आर्थिक वर्ष ०८०।०८१ मा बिभिन्न सुचकका आधार गरिएको ती दवै मुल्याङ्कनमा सिमकोट उत्कृष्ट ठहरिएको हो ।
स्थानीइ तहहरुले आफै गर्ने दुवै मुल्याङ्कनमा सिमकोट गाउँपालिका उत्कृष्ट ( पहिलो ) ठहरिएको छ । सिमकोट गाउँपालिकाले लिजामा सबै भन्दा बढी ९६ प्रतिशत अङ्क ल्याएर सबै भन्दा उत्कृष्ट ठहरिएको होे ।
त्यसैगरि खार्पुनाथ गाउँपालिकाले ९४ दशमलव पचास प्रतिशत अङ्क ल्याएर द्धितीया भएको छ भने ताँजाकोट गाउपालिकाले ९४ दशमलव २५ प्रतिशत अङ्क ल्याएर तृतीया स्थान भएको छ । त्यस्तै नाम्खा गाउँपालिका ९२ प्रतिशत, अदानचुली गाउँपालिका ९० दशमलव पचास प्रतिशत, चङ्खेली गाउँपालिका ८४ दशमलव पचास प्रतिशत र सर्केगार्ड गाउँपालिका ८२ दशमलव पच्चीस प्रतिशत अङ्क प्राप्त गरेको छ ।
त्यसैगरि वित्तिय सुशासन जोखिम मुल्याङ्कनमा (एफआरए) ८९ प्रतिशत अङ्क ल्याएर सबै भन्दा उत्कृष्ट ठहरिएको बताउनुभयो । यसमा ७१ दशमलव पचास प्रतिशत ल्याएर चङ्खेली गाउँपालिका द्धितीया र ७० दशमलव पचास प्रतिशत अङ्क ल्याएर नाम्खा र खार्पुनाथ गाउँपालिका तृतीय भएको छन् भने सर्केगार्ड गाउँपालिका ६८ प्रतिशत, अदानचुली गाउँपालिकाले ५३ दशमलव पचास प्रतिशत र ताँजाकोट गाउँपालिकाले पचास प्रतिशत अङ्क प्राप्त गरेको छ ।
यी दुवै मुल्याङ्कनमा एक एक सय प्रतिशत अङ्कका सुचकहरु रहेका छन् । दुवै मुल्याङ्कनका सुचकहरुमा प्रशासकीय प्रवन्ध, संगठन र प्रशासन, बार्षिक वजेट तथा योजना ब्यवस्थापन, बित्त एवं आर्थिक व्यवस्थान, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण, बाताबरण संरक्षण तथा विपद ब्यवस्थापन, सहकार्य र समन्वय रहेका छन् । यी दश वटा शिर्षकमा अन्र्तगत सुचकहरु निर्धारण गरिएका छन् ।












