सि.टा. समाचारदाता
सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार चार सय र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो । सोमबार प्रतितोला रू एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला एक हजार नौ सय ४० मा किनबेच हुने महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।
















