सि.टा समचारदाता
भारतले च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हरायो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतले २ सय ६५ रनको लक्ष्य ११ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा गरेको थियो।
यो जितसँगै भारतका कप्तान रोहित शर्माको नाममा दुर्लभ कीर्तिमान कायम भयो। उनी आइसीसीले आयोजना गरेका सबै प्रतियोगितामा फाइनल पुग्ने पहिलो कप्तान बने। त्यस्तै, बिराट कोहली एकदिवसीय क्रिकेटमा १ सय ६१ क्याच लिने खेलाडी बन्दा रोहितले आइसीसी एकदिवसीय इभेन्टमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको कीर्तिमान बनाए।
त्यस्तै, विराट एकदिवसीयमा चेज गर्ने क्रममा ८ हजार रन बनाउने खेलाडी बने। भारत र अस्ट्रेलियाबिच बनेका कीर्तिमानकूपर कोनोली सर्वाधिक कम उमेरमा आइसीसी एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने चौथो खेलाडी बने। उनको उमेर २१ वर्ष १ सय ९४ दिनको हो। पहिलो नम्बरमा एन्ड्र्यु जेर्सस रहेका छन्। उनी १९८७ मा विश्वकपमा २० वर्ष २ सय २५ दिनको उमेरमा डेब्यु गरेका थिए।
भारत २०२३ को एकदिवसीय विश्वकपको सेमिफाइनलपछि लगातार १४ खेलमा टस हार्न पुग्यो। वर्तमान कप्तानका रुपमा कप्तान रोहित शर्माले ११ खेलमा टस हारेका छन्।
आइसीसी नकआउट चरणमा स्टीव स्मिथले भारत विरुद्ध तेस्रो अर्धशतक प्रहार गरे। उनी यो उपलब्धि हासिल गर्ने तेस्रो ब्याट्सम्यान हुन्। उनी अघि केन विलियमसनले भारतविरुद्ध तथा युवराज सिंहले अस्ट्रेलियाविरुद्ध ३-३ हाफ सेन्चुरी हानेका थिए।
भारतले अस्ट्रेलियाविरुद्ध नकआउट चरणमा सर्वाधिक उच्च रन चेजको कीर्तिमान बनायो। टिमले २ सय ६५ रनको लक्ष्य चेज गरेको थियो। यसअघि भारतले २०११ मा एकदिवसीय विश्वकपको क्वाटरफाइनलमा २ सय ६१ रनको लक्ष्य चेज गरेको थियो।
केएल राहुल एकदिवसीय क्रिकेटमा ३ हजार रन पूरा गरे। उनले ७८ इनिङमा यो उपलब्धि हासिल गरेका हुन्।
रोहित शर्मा अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो कीर्तिमान हासिल गर्ने पहिलो कप्तान बने। जसले आइसीसीका सबै इभेन्टको फाइनल खेले। उनको नेतृत्वमा टिमले विश्व टेस्ट च्याम्पियन्सिप (२०२३), एकदिवसीय विश्वकप (२०२३) टी-२० विश्वकप (२०२४) र च्याम्पियन्स ट्रफी (२०२५) को फाइनल खेल्यो।












