सि.टा. समाचारदाता
सिमकोट । शिक्षा ऐनमा विगतमा सहमति सम्बोधनका लागि नेपाल शिक्षक महासंघले शुरु गरेको आन्दोलनको दोस्रो चरणका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
महासंघले जारी गरेको विज्ञप्तिमार्फत चैत्र ५ गतेसम्मको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । महासंघले यस पटकको आन्दोलनमा राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने, साँसदहरुसँग भेट तथा पक्षीकरण गर्ने, काठमाडौंमा रिले अनसन गर्ने आदि कार्यक्रम राखेको छ ।
जसअनुसार फागुन २७ गते देखि २०८१ चैत्र ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने जनाइएको छ । यसबीचमा हरेक जिल्ला आन्दोलन परिचालन समितिले आफ्नो जिल्लावाट प्रतिनिधित्व गर्ने माननीय संघीय सांसदहरुसँग भेटगरी विद्यालय शिक्षा ऐन जारी गर्ने पक्षमा सकिय हुन दवाव दिन कार्यक्रम बनाएको छ ।
यसैगरी चैत्र ७ गतेदेखी १५ गतेसम्म काठमाडौंमा रिले अनसन र चैत्र २० गतेबाट शिक्षा ऐन जारी नभएसम्म काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघले विज्ञप्तिमा जनाएको छ ।
























