सर्केगार्ड बहुमुखी क्याम्पसमा पनि स्ववियु सर्वसम्मत नेतृत्व चयन

फोटो क्याम्पस सर्केगार्ड बुहुमुखी क्याम्पसमा सर्वसम्मत स्ववियु अध्यक्षमा चयन सन्ज्याल तस्विर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । सर्केगार्ड बहुमुखी क्याम्पस अनेरास्ववियुका जयराज सन्ज्याल सर्वसम्मत स्ववियु अध्यक्षमा चयन भएका छन् । सोमबार क्याम्पसका वटा बिधार्थी संगठनबिच बसेको बैठकले अनेरास्ववियुका सन्ज्याललाई सभापतिमा सर्वसम्मत गर्ने निर्णय गरेको हो ।

स्ववियु पदाधिकारी सबैमा मनोनयन दर्ता भएको भएपनि विधाथीं संगठनविच सहमति गराउने प्रयास जारि राखेको र आज त्यसले सकरात्मक रुप लिएपछि सबै पदमा सर्वसम्मत भएको हो । जस अनुसार अब स्ववियु अध्यक्षमा अनेरास्ववियुबाट अध्यक्षमा सन्ज्याल, उपाध्यक्षमा अनेरास्ववियु क्रान्तीकारीका हेमन्तबहादुर शाही, सचिवमा अखिल समाजवादीका उपेन्द्र रावल, सहसचिवमा नेविसंघका अर्जुन ठगुल्ला, कोषाध्यक्षमा नेविसंघ कै कुम्भ फडेरा सर्वसम्म्त चयन हुनु भएको छ ।

त्यसैगरि सदस्यहरुमा नेविसंघबाट तीन जना, अनेरास्ववियुबाट तीन जना, अखिल क्रान्तिकारीबाट तीन जना र अखिल समाजवादीबाट एक जना चयन भएका छन् ।
यसअघि सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको मानसरोवर बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा नेपाल बिधार्थी संघका सागर कुमार शाही चयन भएका थिए भने सचिवमा अनेरास्वयिुका जुमन बोहरा र कोषाध्यक्षमा अखिल क्रान्तीकारीकी लक्ष्मी रावल चयन भएका थिए ।

त्यसैगरि सदस्यहरुमा पनि तीन वटै बिधार्थी संगठनको सहमतिमा चयन भएका हुन । यता अदानचुली गाउँपालिकाको गल्फा बहुमुखी क्याम्पसमा पनि तीन वटै संगठनहरु मिलेर सर्वसम्मत कार्य समिति चयन भएको थियो ।

जसमा स्ववियु सभापतिमा अखिल क्रान्तीकारी रिमिलाल बुढा सर्वसम्मत चयन भएका थिए । सचिवमा नेविसंघका शंखुलाल जैसी र कोषाध्यक्षमा अनेरास्ववियुका सर्मिला फडेराको एकल चयन भएका थिए । त्यसैगरि अन्य सदस्यहरु पनि तीन वटै संगठनको सहमतिमा सर्वसम्म्त चयन भएका थिए । हुम्लामा तीन वटै संगठनविच सहमति अनुसार स्ववियु कार्य समिति चयन भएको हो ।