संङ्घीयताको उपलब्धी उजाड धुलाचौर बजारमा परिणत

फोटो क्याप्सन बजारमा परिणत भएको हालको हिमाली गाउँपालिकाा केन्द्र धुलाचौर । तस्बिर ः सि.टा

सि.टा समाचारदाता
सिमकोट । बलौटे माटो र ढुङ्गाले भरिदा उजाड देखिने बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर आठ वर्षको अवधिमा बजारमा परिणत भएको छ । वडा र गाउँपालिका बिभाजन गर्दा हिमाली गाउँपालिकाको केन्द्र तोक्ने निर्णयले हालको धुलाचौर बजारमा परिबर्तन हुन संम्भव भएको हो ।

२०७३ सालसम्म धुलाचौर ढुङ्गा र माटोले भरिएको घोडेटो बाटो भएको उजाड बनका रुपमा रहेको उक्त बाटो भएर तीसौ वर्ष पार गरेका हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका– १ का मक्क खड्काले बताए । एक दुई गोठहरु मात्र भएको धुलाचौर अहिलेको अवस्थामा आउला भन्ने सोचिएको थिएन ।

अहिले धुलाचौरको अवस्था हेर्दा गरेपछि हुने रहेछ भन्ने सावित भएको छ । पहिलेको पैदल मार्ग र अहिलेको सडक सञ्जालवाट पनि हुम्ला आउने मुख्य नाकाका रुपमा धुलाचौर पर्छ । हाल दक्षिणी हुम्लाका धेरै मानिसले धुलाचौरमा ब्यापार ब्यवसाय समेत गर्दै आएका छन् । अर्को कुरा हुम्लावासीले धुलाचौरको बजारबाट सामानहरु खरिद गरेर पनि ल्याउने गर्छन । झारपात र ठुलठुला ढुङ्गाले भरिएको धुलाचौर अहिले पुर्ण रुपमा बजारमा परिणत भएको देख्दा सबै आश्चार्य चकित हुने गरेका छन ।

कुनै समय भुतप्रेत तर्साउन ठाउँका रुपमा चिनिदै आएको भएपनि अहिले चौबीसै घण्टा मानिस र यातायातका साधनहरुको चहलपहल हुने गरेको थियो । अहिलेको अवस्थामा धुलाचौर परिवर्तन होला भन्ने सोचिएको थिएन । यो सवै संघियताको उपलब्धी हो । अहिले कर्णाली र सुदुरपश्चिमका गरि दश जिल्लाका मानिसहरु धुलाचौरमा ब्यापार ब्यवसाय गर्दै आएका छन ।

दोस्रो कार्यकाल गाउँपालिका अध्यक्षमा निर्वाचित हुन सफल गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले सबै वडालाई पायक पर्ने र भौतिक संरचना निर्माण गर्न सहज हुने भएको कारण धुलाचौर गाउँपालिका केन्द्रमा छनौट भएको बताए । धुलाचौरको जग्गा सबै सार्वजनिक हो । कानूनी रुपमा गाउँपालिका जग्गा आफुले उपभोग गर्ने बनाएको छ । २०७३ सालमा धुलाचौरलाई हिमाली गाउँपालिकाको केन्द्र तोक्ने निर्णय भएको र २०७४ सालका स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको कार्यालय सरेको हो ।

गाउँपालिकाका संरचना बाहेक धुलचौरमा कर्णाली करिडोरको सडक जोडिएको छ । त्यसैगरि स्वास्थ्य चौकी, खानेपानी, प्रहरी चौकी, रेडक्रसको भवन, खेल मैदान, कोल्डस्टोर, औधोगित ग्रामको निर्माण, बिधुतीकरण समेत जोडिएको छ । सायद संङ्घीयता नआएको भए अहिलेका धुलाचौर यस्तो हुन सक्ने अवस्था नरहेको बताउदै उनले यो सवै देन संङ्घियताको भएको बताए ।

भुभाग बाजुरा जिल्लाको भएपनि हुम्ला जिल्ला धुलाचौरको सडक भएर जानु पर्ने भएको कारण हुम्लावासीको चहलपहल पनि बढी हुने गर्छ । अहिलेको संरचना काम चलाउ रुपमा निर्माण भएको र अब यसलाई ब्यवस्थित रुपमा अगाडी बढाउनु आवश्यक रहेको अध्यक्ष मल्लले बताए । गाउँपालिका केन्द्रमा तीन सय भन्दा बढी पक्की घर र टहराहरु निर्माण भएका छन् । ती टहराबाट गाउँपालिकाले ब्यवसाय कर समेत उठाउने गरेको छ ।